×

NMB BANK
NIC ASIA

पूर्व बजेट छलफलमा भाग लिँदै बाबुरामले भने– अर्थमन्त्रीले आफैंलाई न्याय गर्न सक्नु भएन !

बैशाख २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद्मा पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी र दिशाहीन भएको टिप्पणी गरेका छन् । बजेटका सिद्धान्त र प्राथमिकता निरन्तरतामा आएपनि क्रमभंगता जरुरी रहेको उनको भनाइ थियो ।

Muktinath Bank

‘सिद्धान्त र प्राथमिकतामा विद्वान अर्थमन्त्रीले आफैँमाथि न्याय गर्नुभएन कि भन्ने लाग्छ, अर्धनिद्रामा रहेको मान्छेले हाई काड्दै लेखेको निबन्धजस्तो छ,’ प्रतिनिधि सभामा आइतवार आर्थिक वर्ष २०७६/०७७ का लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (पूर्वबजेट) छलफलमा भाग लिँदै डा. भट्टराईले भने, ‘सिद्धान्त र प्राथमिकतामा न नवीनता छ, न तीव्र आर्थिक विकासको दिशाबोध गर्ने खालको छ, यो त श्राद्ध गर्न बिरालो बाँधेको कर्मकाण्डी दस्तावेज जस्तो छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले दाबी गरेजस्तो सुशासन र समृद्धिको आधार तयार भएको भनेर विश्वास गर्ने आधार तयार भएको कुरा सत्य नभएको उनले दाबी गरे । ‘लगानीको वातावरण बन्यो, बाह्य लगानी ह्वारह्वार्ती आउन लाग्यो भन्ने अवस्था छैन । लगानी सम्मेलन गरेपनि यसवर्ष वैदेशिक लगानी गत वर्षभन्दा कम आएको सरकारको तथ्याङ्क छ,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले आर्थिक वृद्धिमा जोड गर्ने कि वितरणमा भन्ने कुरामा नीतिगत प्रस्टता जरुरी रहेको बताए । उनले भारतसँग पराश्रित अर्थतन्त्रमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने विषयमा खुलेर बहस गर्न आग्रह गरे ।

Vianet communication
Laxmi Bank

वैदेशिक लगानी आइनसकेको अवस्थामा आन्तरिक पूजीँ परिचालन र विदेशबाट आउने रेमिट्यान्सलाई सदुपयोग गरेर विकास गर्नुपर्ने उनले बताए । ‘४ सयवर्ष पहिले राम शाहको पालामा त १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने कुरा थियो, अहिले १५ प्रतिशत भन्दा बढी ब्याज लिने गरिएको छ, एक अंकभन्दा माथि ब्याज लिन नपाइने व्यवस्था भयो भने पूजीँ सञ्चय परिचालन गर्नुपर्छ,’ उनले भने ।

यसअघि शुक्रवारको बैठकमा अर्थमन्त्री खतिवडाले न्यायिक वितरण सहितको उच्च आर्थिक वृद्धि, समाजिक न्याय सहितको समावेशी विकास, क्षमता अनुसारको कामको अवसर र मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायरको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तरीय पूर्वाधार राष्ट्रिय पूँजीको सम्वद्र्धन नयाँ बजेटका सिद्धान्त हुने बताएका थिए । 

पूर्वबजेट छलफलमाथि संसद्मा भोलिसम्म छलफल हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x