
एजेन्सी- सोनिया गान्धीको संसदीय क्षेत्र रायबरेलीमा जिल्ला पञ्चायत अध्यक्षका विरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुनुअगावै कांग्रेस विधायक अदिति सिंहको गाडीमा मंगलवार हमला भएको छ ।
हमलामा विधायकको गाडी पल्टियो । भारतीय सञ्चारमाध्यम खासखबरका अनुसार हमलामा विधायक सिंहलाई गम्भीर चोट लागेको भारतीय सञ्चारमाध्यम खासखबरले जनाएको छ ।
रायबरेलीमा बिहान केही मानिसहरूले विधायक अदिति सिंहको गाडीमाथि बछरावा टोल प्लाजा नजिकै ढुंगा प्रहारसँगै फायरिङ पनि भयो । उक्त हमलापछि उनको गाडी हरचंदपुर थाना क्षेत्रमा अनियन्त्रित हुँदै पल्टियो ।
उक्त दुर्घटनामा विधायक सिंहलाई गम्भीर चोट लागेको र उपचारका लागि उनलाई लखनउ पठाइएको छ ।
उक्त हमलामा भाजपा लोकसभा प्रत्यासी दिनेश सिंहका भाई अवधेश सिंहमाथि संलग्नताको आशंका गरिएको छ ।