कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं- एकैसाता तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले ३ जनालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ । पन्ध्र वर्षीया किशोरीलाई डर धम्की दिई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय विजय भुजेललाई पक्राउ गरेको छ ।
गत वैशाख २८ गते सर्लाही हरिवन नगरपालिका–११ घर भई हाल सल्लाघारी बस्ने ती बालिकालाई पटकपटक बलात्कार गरेको अभियोगमा पीडित किशोरीकी आमाले जाहेरी दिएपछि पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी सूर्यविनायक नगरपालिका–९ नङ्खेलको सिटी गाउँ होटलमा गत वैशाख २७ गते लगेर डर धम्की दिई १५ वर्षीया अर्की किशोरीलाई बलात्कार गरेको अभियोगमा बर्दिया बैदी नगरपालिका–१० घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने २० वर्षीय आशिष चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । किशोरीकी आमाले किटानी जाहेरी दिएपछि पक्राउ गरेको उनले उनले जानकारी दिए ।
यसैगरी सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घर भई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बु जिल्ला सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमी नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई नै हिरासतमा राखेर जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...