×

NMB BANK
NIC ASIA

मदन भण्डारीको लाश भेटाउँदा जागिरको आशा लागेको थियो !

जेठ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -दुई हजार पचास साल जेठ ४ गते, चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपर्थ्यो ।

Sagarmatha Cement
Muktinath Bank

त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ । जाल हान्दै जति अघिअघि जान्थेँ त्यति नै धेरै काभ्रे माछा पर्दैथियो । मेरा आँखा दुई चट्टानका बीचमा एउटा मुढाजस्तो देखिने वस्तुमा प¥यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलाई लाश हो कि भन्ने लाग्यो । साथीहरुलाई लाश देखेको खबर गरँे । लाशको नजिकै पुगेँ । घोप्टो अवस्थामा लाश अड्किएर बसेको पाएँ । पानीको माथिको सतहभन्दा आधा फिटमा लास डुबेको थियो । अनि साथीहरु र म भएर बाँसको भारोको सहयोगमा नदी किनारमा निकाल्यौँ । लासलाई ओल्टाइपोल्टाइ हे¥यौँ । आँखाको नानीमा बाहेक अन्य ठाउँमा चोट थिएन ।


Advertisment
Nabil box
Kumari

लास हेर्दा लाग्थ्यो, उठेर बोल्छ जस्तो । एकदमै फ्रेस । शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो, पाइण्ट भने थिएन । दुवै खुट्टामा मोजा थिए । लाश पाए पनि मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको छ भन्ने थाहा थिएन । त्यही बेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चार जना नेपाली सेना आइपुगे । उनीहरुले लाश हेरे । सेनाहरुलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ ।

Vianet communication
Laxmi Bank

हेरेपछि सेनाहरुले कालो छ, कुनै भारतीय हुन सक्छ भने । लासलाई बगाउन लागे । हामीले बगाउन दिएनौँ । जेठ ४ गते लासलाई नदी किनारमै छाडेर घर फर्कियाँै । घरमा बाजेलाई लास भेट्टाएको बताएँ । बाजेले शायद मदन भण्डारीको लाश होला भन्नुभयो ।

उहाँले पुलिसलाई खबर गर्न भन्नुभयो तर पुलिसलाई खबर गर्ने आँट गरिन । जेठ ५ गते कुलो खन्दै थिएँ । दासढुङ्गाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे खोज्दै गाँजीपुर आइपुगेछ । टोलीसँग मेरो बुबाको भेट भएछ । बुबाले हाम्रा छोराहरुले लाश भेट्टाएको टोलीलाई जानकारी दिनुभएछ । लगत्तै टोलीसँग हामी काठेडुङ्गा लिएर लाश भएको ठाउँ पुग्यौँ ।

नभन्दै त्यो लाश नेता मदन भण्डारीको रहेछ । डुङ्गामा लाश हालेर वारि आयौँ जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ । फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन् । ठूलो मेला लागेको जस्तो भीड । अनि पत्रकारहरुले मलाई सोधी खोजी गर्न लागे ।

जिल्ला प्रशासनबाट आएका कर्मचारीहरुले पनि सोध्न लागे । धेरै दिनसम्म मलाई र मेरा अरु तीन जना साथीलाई घटनाबारे मान्छेहरुले सोधिरहे । ठूलो मान्छेको लास भेटेकोमा आफूलाई भाग्यमानी र अभागी दुवै ठान्छु । अहिले पनि ती घटनाक्रमहरु मेरो आँखा अगाडि घुमिरहन्छ ।

अठार वर्षको हँदा लास भेटेको थिएँ । अहिले ४३–४४ वर्ष पुगेँ । त्यति ठूलो नेताको लाश भेटाउँदा मलाई पक्कै सरकारले नेपाली सेनामा जागीर दिन्छ कि भन्ने लाग्यो । त्यस समयमा सिपाहीको लाश भेटाउने मान्छेले नेपाली सेनामा जागीर खान पाउँथे । कुरा पनि चलाएँ तर भएन । अनि म वैदेशिक रोजगारीका लागि साउदी अरब लागेँ । बाह्र वर्ष साउदी बसेर नेपाल फर्किएँ ।

अहिले विदेशबाट फर्कीएको ११ वर्ष भयो । एउटा ट्रयाक्टर किनेको छु । आर्थिक अवस्था कमजोर नै छ । मसँगै लाश भेटाएका किसान ठकुरी नेपालमै छ । श्यामबहादुर थापा मगर साउदी र टेकबहादुर आलेचाहिँ मलेसियामा छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्ककै विकासको योजनासहित डेलिगेशनमा काठमाडौँ जाँदा भेट भयो । मलाई अरुले लाश भटेउने मान्छे यही हो भनेर चिनाइदिए ।

म विदेश भएको समयमा मेरो प्रशंसापत्र बुवालाई प्रदान गरिएको रहेछ । अहिले त्यो प्रशंसापत्र जतन गरेर राखेको छु । मेरो इच्छा भनेको सरकारले गाँजीपुरलाई नमूना बस्तीका रुपमा विकास गरोस् भन्ने छ । अनि अहिले नेकपाकै सरकार छ, स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी देशको राष्ट्रपति हुनुहुन्छ । मलाई नभए पनि मेरा छोराछोरीलाई अवसर दिए हुन्थो भन्ने लाग्छ । (रासस समाचारदाता सुरेन कुँवरसँगको कुराकानीमा आधारित)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x