×

NMB BANK
NIC ASIA

उचाइ नाप्ने टोली सगरमाथाको शिखरमा, वास्तविक उचाइ ६ महिनापछि मात्र

जेठ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली सगरमाथाको शिखरमा पुगेको छ। नेपालले पहिलोपटक आफ्नै खर्चमा उचाइ नाप्ने कार्यका लागि खटाएको टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको हो ।

Muktinath Bank

नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली शिखरमा पुगेको हो । टोलीका सदस्य प्राविधिक रविन कार्की सहित 'क्लाइम्बिङ गाइड' छिरिङजाङबु शेर्पा लगायतले शिखरमा पुगेर 'जिएनएनएस जिपिएस सेट' गर्ने काम सम्पन्न गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उचाइ नाप्ने विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको 'पिक प्रमोशन प्रालि'ले गरिरहेको छ। सगरमाथाको शिखरमा पुगेको प्राविधिक टोली शिखरबाट फर्केर साउथ कोल आइसकेका छन् । पिक प्रमोशन प्रालीले टोली बिहीबार सम्ममा आधारशिविर आइपुग्ने जानकारी दिएको छ । शिखरमा जिपिएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण विन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

टोलीका दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल लगायत शेर्पा गाइडको टोलीले भने आधारशिविरमा बसेर प्राविधिक सहयोगको काम गर्दै आएका छन् । शिखर लगायत विभिन्न ठाउँमा राखिएका जिपिएसमा सेट भएका तथ्यांकहरूका आधारमा संसारका दर्जनौं वैज्ञानिकहरुले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरि उचाइ टुंगो लगाएर पुष्टि गर्ने नापी विभागले जानकारी दिएको छ ।

Vianet communication
Laxmi Bank

पुग्ने बित्तिकै उचाइ पत्ता नलाग्ने र उचाइ पत्ता लाग्न कम्तिमा अझै ६ महिना लाग्ने बताइएको छ । नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ नाप कार्य शुरू गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको विशेष पहलमा नापी विभागमार्फत सगरमाथाको उचाइ नाप्नका लागि टोली खटाइएको हो ।

गएको चैत २६ गते प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले टोलीलाई सगरमाथाको उचाइ मापनका निम्ती शुभकामना दिएर पठाउनुभएको थियो । २०७२ सालको भुकम्पपछि ८८४८ मिटरको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ घटबढ भएको भन्ने भ्रम सिर्जना भएपछि यसबारेमा बिवाद उत्पन्न भएको थियो ।

विवाद उत्पन्न भएपछि सरकार आफैले सगरमाथाको नयाँ उचाइ मापन शुरू गरेको हो । यसअघि विसं. २०१० मा सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ नाचेर ८ हजार ८ सय ४८ मिटर कायम गरेको थियो । त्यसपछि २०५५ सालमा अमेरिकाले ८ हजार ८ सय ५० मिटर र २०६१ मा चीनले ८ हजार ८ सय ४४ र ४७ मिटर गरी दुइथरी उचाइ मापन गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x