×

NMB BANK
NIC ASIA

लागूऔषध प्रयोगकर्ताको खोजी गर्दै सरकार

जेठ ११, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं- मुलुकमा सात वर्षपछि लागूऔषध प्रयोगकर्ताको अवस्थाबारे सरकारले अध्ययन गर्न लागेको छ । सरकारले यसअघि विसं २०६९ मा लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण गरेको थियो । अघिल्लो वर्ष सरकारको नीति तथा कार्यक्रममा नै प्रयोगकर्ताको अवस्था अध्ययन गर्ने उल्लेख थियो ।

Muktinath Bank

'अध्ययनका लागि आवश्यक प्रक्रिया शुरू भइसकेको छ, केन्द्रीय तथ्याङ्क विभागले पनि आवश्यक काम गरिरहेको छ, संयुक्त रूपमा योजना निर्माण भएपछि गणकहरू फिल्डमा खटाएर तथ्याङ्क लिन शुरू हुन्छ,' गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखाका अधिकृत किरणचन्द्र सुवेदीले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले वास्तविक विवरण सङ्कलन गरिएपछि न्यूनीकरणका लागि रणनीति बनाउन सहज हुने बताए । पाँच खण्डमा आवश्यक प्रश्नावलीहरू तयार भइसकेकाले मन्त्रालय खर्च र कार्यक्रमको योजना निर्माणको क्रममा रहेको छ । आन्तरिक तयारी सकिएलगत्तै गणकहरू फिल्डमा खटाइने जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

गृह मन्त्रालयले १५ लाख छुट्याएको भए पनि अध्ययनमा झण्डै एक करोड लाग्ने अनुमान गरिएको छ । कार्यक्रम तयार भएपछि बजेट व्यवस्थापन गरेर चालू आर्थिक वर्षभित्रमा विवरण सङ्कलनको काम सक्ने योजना रहेको शाखा अधिकृत सुवेदीले बताए ।

Vianet communication
Laxmi Bank

यसपालि विशेष सफ्टवेयरबाट प्रविधिको प्रयोग गरी तथ्याङ्क लिन लागिएकाले तत्कालका तत्काल विवरण गृह मन्त्रालयबाटै यकिन गर्न सकिनेछ । यसअघि विसं २०६९ को अध्ययनमा नेपालमा लागूऔषध प्रयोगकर्ता वर्षेनी ११ दशमलव ३६ प्रतिशतले वृद्धि भएको देखाएको थियो । लागूऔषधका प्रयोगकर्ताहरूमा एचआईभी, हेपाटाइटिसलगायत रोगको सङ्क्रमण हुने बढी जोखिम हुन्छ ।

लागूऔषध प्रयोगका कारण घर झगडादेखि दुर्घटना, सामाजिक अपराध व्यभिचार पैदा हुने र परिवार नै विखण्डन हुने अवस्था सिर्जना हुन्छ । लागूऔषध नियन्त्रण ऐन २०३३ ले दण्डनीय गरेको लागूपदार्थ ओसारपसार, बिक्री वितरण प्रयोग र सञ्चयजस्ता गतिविधि नियन्त्रणका लागि यस वर्षदेखि सरकारले स्थानीय तहलाई नै जिम्मेवार बनाउने गरी ‘मार्गदर्शन’ निर्माण गरेको छ । 

यसपटकको अध्ययनमा उसको पढाइ, पेशा, सुर्तीजन्य पदार्थ लिएको छ या छैन ? मदिरा, गाँजा, अफिम, नशालु सुई लिएको छ की छैन ? छ भने कति महिना, वर्षदेखि लिइरहेको छ ? जस्ता प्रश्नावली तयार गरिएको छ ।

सुवेदीले प्रश्नावलीमा उल्लेख भएका विषयबारे थपे, 'लागूऔषध कहाँबाट प्राप्त गर्नुहुन्थ्यो ? सुई कसरी उपलब्ध हुन्थ्यो ? शुरूआत कसरी गरे ? पटकपटक एउटै सुई प्रयोग गर्दा रोग लाग्छ भन्ने थाहा थियो कि थिएन ? तपाईंको समूहमा प्रयोग गर्ने कति छन् ? घरमा अरू कसकसले प्रयोग गर्छन् ? जस्त प्रश्न तयार पारिएको छ ।'

यसअघि विसं २०६९ को अध्ययनमा नेपालमा लागूऔषध प्रयोग बर्सेनि ११ दशमलव ३६ प्रतिशतले वृद्धि भएको देखाएको थियो । उक्त समयमा ७८ प्रतिशत साथीभाइको लहैलहैमा दुर्व्यसनी बनेका थिए । पारिवारिक तनाव, जीवनको असफलतालगायत कारणहरू समेत थिए । 

सबैभन्दा बढी ५१ प्रतिशत बुबाआमासँगै भएकाहरूले प्रयोग गर्थे भने २० प्रतिशत आमासँगै मात्रै भएकाले प्रयोग गर्थे । बाबुसँग भएकाहरू भने न्यून मात्रामा (०.४ प्रतिशत) मात्रै प्रयोगकर्ता भएको विगतको अध्ययनले देखाएको थियो । त्यो बेलामा लुकेर बसेका, पुनःस्थापन गृहमा नआएका छुटेका थिए ।

सबैभन्दा बढी सुईबाट ५७ प्रतिशतले लागूऔषध प्रयोग गर्ने गरेका थिए । विसं २०६३ भन्दा २०६९ सालमा प्रयोगकर्ता ९८ प्रतिशतले बढेको देखाएको थियो । उक्त समयमा ४६ हजार ३०९ प्रयोगकर्ता थिए । गृह मन्त्रालयले अहिले एक लाख ६० हजार पुगेको अनुमान गरेको छ । 

यसपालि भने कारागार, पुनःस्थापन केन्द्र र बाहिर पनि छुट्टाछुट्टै रूपमा गणक पठाएर प्रयोगकर्ता खोजी गरिँदैछ । लागूऔषध दुर्व्यसनीलाई कानूनले अपराधको रूपमा राखेको छ । यससँग काम गर्ने सङ्घ सङ्गठनहरूले भने यो रोग भएकाले त्यहीअनुसार उपचार गर्नुपर्छ भन्दै आएका छन् । 

लागूऔषधका प्रयोगकर्ताहरूमा एचआईभी, हेपाटाइटिसलगायत रोगको सङ्क्रमण हुने बढी जोखिम हुन्छ । लागूऔषध प्रयोगका कारण घर झगडादेखि दुर्घटना, सामाजिक अपराध व्यभिचार पैदा हुने र परिवार नै विखण्डन हुने अवस्था सिर्जना हुन्छ । यस वर्षदेखि सरकारले मार्गदर्शन नै बनाएर स्थानीय तहलाई जिम्मेवार बनाउन खोजेको छ ।

नेपालको संविधान २०७२ को भावना, मर्म र अनुसूचीअनुसार समुदायस्तरदेखि नै स्वास्थ्य, सभ्य, र अपराधमुक्त समाज निर्माण गरी सरकारको राष्ट्रिय लक्ष्य हासिल गर्ने कार्यमा योगदान गर्न सबै स्थानीय तहलाई सङ्घीय नीति तथा कानुनअनुसार अभियान सञ्चालन गर्न मार्गदर्शन निर्माण गरिएको गृह मन्त्रालयको नीति तथा अनुगमन मूल्याङ्कन महाशाखाका प्रमुख नारायणप्रसाद शर्माको भनाइ छ । 

काठमाडौंको विद्यालय अभिभावक सङ्घका प्रतिनिधि सुवास भण्डारी अभिभावकहरूले नै ध्यान नदिँदा बालबालिका तथा युवा लागूऔषधमा फस्ने गरेको भन्दै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिन्छन् । -नारायण ढुङ्गाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x