गृहमन्त्री बादलको आश्वासन : ‘विप्लव समूहलाई मूलधारमा ल्याइन्छ’

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउन राज्यले प्रक्रिया शुरू गरिसकेको बताएका छन् ।

सोमवार संसदमा बोल्दै बादलले विप्लव समूहलाई मूल राजनीतिक प्रक्रियामा ल्याएर उनीहरूको गतिविधि नियन्त्रण गर्ने प्रक्रिया शुरू गरिसकेको बताएका हुन् । 


Advertisement

‘राज्यले विप्लव समूहलाई नियन्त्रणमा लिने र संवादद्वारा मूल प्रक्रियामा ल्याउने प्रक्रिया शुरू गरिसकेको छ,’ बादलले भने, ‘उनीहरूलाई मूलधारमा ल्याउने र गतिविधि नियन्त्रण गर्नका लागि राज्य प्रतिबद्ध छ ।’

विप्लव समूहका गतिविधिहरू जनस्तरबाटै खारेज भइसकेको बादलले दाबी गरे । ‘विप्लव समूहका गतिविधिहरू जनस्तरबाटै खारेज भइसकेको छ,’ बादलले भने, ‘आज उनीहरूले आयोजना गरेको बन्दको प्रभाव केही शैक्षिक संस्था र लामो रुटका यातायातमा देखिएको छ । बन्दको आंशिक प्रभाव मात्र परेको हो ।’


Advertisement

कमेन्ट गर्नुहोस्