२७ जेठ २०८३, बुधबार

नेपालमाथि नाकाबन्दीका योजनाकार जयशंकर मोदीका विदेश राज्यमन्त्री बन्ने चर्चा

नेपालमाथि नाकाबन्दीका योजनाकार जयशंकर मोदीका विदेश राज्यमन्त्री बन्ने चर्चा

काठमाडौं – नेपालले संविधान जारी गर्ने बेलामा भारतका तत्कालीन विदेशसचिव एस जयशंकर नेपाल आएर संविधान घोषणालाई टार्नका लागि नेताहरूलाई दबाब दिएको घटना नेपालीहरूले अझै भुलेका छैनन् ।

तर नेपाली नेताहरूले जयशंकरको चेतावनीलाई बेवास्ता गर्दै संविधान जारी गरेपछि भारतले नेपालमाथि चार महिनासम्म आर्थिक नाकाबन्दी लगाएको थियो । 

नेपालमाथि नाकाबन्दी लगाउने योजनाका एक योजनाकार एस जयशंकरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा मन्त्री पद दिने चर्चा भारतीय सञ्चारमाध्यमहरूमा चलेको छ ।

जयशंकरलाई विदेश राज्यमन्त्री बनाइने सम्भावना रहेको विभिन्न सञ्चारमाध्यमहरूले लेखेका छन् । बहालवाला विदेशमन्त्री सुषमा स्वराजलाई नयाँ मन्त्रिमण्डलमा पुरानै जिम्मेवारी दिइने तथा जयशंकरलाई राज्यमन्त्री बनाइने सम्भावना रहेको छ । 

जयशंकर बिहीवार प्रधानमन्त्री मोदीलाई भेट्न गएसँगै मन्त्री बन्ने सम्भावना देखिएको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्