
काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।
आइतवार पार्टी मुख्यालय धुम्बाराहीमा एक कार्यक्रमका बीच अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राईलाई नेकपा प्रवेश गराएका हुन् ।
सत्तारुढ दल नेकपामा प्रवेश गराउँदै प्रचण्डले नेता राईलाई उचित स्थान र जिम्मेवारी दिइने बताए ।
राई विप्लव नेतृत्वको नेकपामा शक्तिशाली नेताको रूपमा चिनिन्थे ।
प्रचण्डले विप्लवलाई पनि मुलधारमा आउन आग्रह गरे ।