×

NMB BANK
NIC ASIA

साठी दिनमै बुझाउनुपर्ने सम्पत्ति विवरण अझै बुझाएनन्, १७ हजार कर्मचारी अख्तियारको फन्दामा

जेठ १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष सकिएको ६० दिनभित्रै सम्बन्धित निकायमा सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी प्रावधान छ ।

Muktinath Bank

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको प्रत्येक व्यक्तिले तोकिएको निकायमा आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक पदमा रहेको व्यक्तिले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको सम्पत्ति अध्यावधिक विवरण आव सकिएको ६० दिनभित्र हरेक वर्ष पेश गर्नुपर्छ ।


Advertisment
Nabil box
Kumari

तर, आर्थिक वर्ष २०७४/०७५ सकिएको एक वर्ष बितिसक्दा पनि अझै १७ हजार सरकारी कर्मचारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्बन्धित निकायमा सम्पत्ति विवरण पेश नगरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनबाट १७ हजार १ सय २७ कर्मचारीले सम्पत्ति विवरण पेश नगरेको पाइएको हो ।

Vianet communication
Laxmi Bank

आर्थिक वर्ष २०७४/०७५ सकिएको ६० दिनभित्रै कर्मचारीले सम्पत्ति विवरण बुझाउनु पर्ने भएपनि अझैसम्म सम्पत्ति विवरण पेश नगरेको सतर्कता केन्द्रले जानकारी दिएको हो ।

सतर्कता केन्द्रको अनुगमन प्रतिवेदन अनुसार निजामती तर्फका १ हजार ९ सय ३९ जना कर्मचारीले सम्पत्ति विवरण पेश गरेका छैनन् । सम्पत्ति विवरण पेश नगर्नेमा सबैभन्दा बढी शिक्षक रहेका छन् ।

२०७४/०७५ मा सम्पत्ति विवरण पेश नगर्ने ११ हजार १ सय ५७ कर्मचारी रहेका छन् । सो आर्थिक वर्षमा ४ सय ६६ जना सैनिकले  सम्पत्ति विवरण नबुझाएका र १ सय २६ जना प्रहरीले सम्पत्ति विवरण पेश नगरेको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख गरिएको छ । अन्य करारमा रहेका विभिन्न क्षेत्रका कर्मचारी तथा स्थानीय तहका प्रतिनिधि सहित ९ सय ८१ जनाले सम्पत्ति विवरण पेश नगरेको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण पेश गरे/नगरेको अनुगमन गर्ने अधिकार राष्ट्रिय सतर्कता केन्द्रलाई रहेको छ । सोही ऐनको दफा ३८ मा राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्न सक्ने प्रावधान रहेको छ ।  अनुमगनका क्रममा सम्पत्ति विवरण पेश नगर्ने १७ हजार कर्मचारीमाथि थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।

सम्पत्ति विवरण नबुझाउनेको संख्या १४ हजार ६ सय ६९ जना संघीय सरकारबाट रहेको छ । त्यस्तै ४८ हजार प्रदेश सरकार र २ हजार ४ सय १० जना स्थानीय तहका कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण पेश नगरेको व्यक्तिले मनासिव कारण सहित म्याद थपका लागि अनुरोध गरेमा थप एक महिनाभित्र पेश गर्न सक्ने भ्रष्टाचार निवारण ऐनमा व्यवस्था छ ।

थप गरेको म्यादभित्र समेत सम्पत्ति विवरण पेश नगर्ने व्यक्तिलाई  पाँच हजार रुपैयाँ जरिवाना सहित सो व्यक्ति र उसको परिवारको नाममा गैरकानूनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकायले अनुसन्धान गर्न सक्ने कानूनी प्रावधान रहेको छ ।

सोही अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान गर्ने सर्तकता केन्द्रका अधिकारीहरूले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x