इदमा कतार एयरवेजको बालबालिका लक्षित कार्यक्रम

काठमाडौं- रमादानको पवित्र महिना र ईदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा प्रयास नेपाल, अन्डरप्रिभिललेज्ड चिल्ड्रेन्स एजुकेशन प्रोग्राम (यूसीईपी) नेपाल, मैत्रेय फाउण्डेशन नेपाल र साङ्ग्रिला अर्फनेज होम गरी काठमाडौंका चार अनाथालयका १०० बालबालिकाहरूका लागि विशेष कार्यक्रम आयोजना गरेको छ । 

काठमाडौंको होटल अन्नपूर्णमा आयोजित उक्त कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा जादु प्रदर्शन, फेस–पेन्टिङ, बाउन्सी क्यासल र विभिन्न खेल र मनोरञ्जनात्मक प्रस्तुतिमा उनले बालबालिकाहरुलाई उपहारहरू पनि प्रदान गरे ।   


Advertisement

नेपालका लागि कतार एयरवेजका स्थानीय प्रमुख मोहम्मद एल ईमामले भने, 'ईदको पवित्र अवसरमा कतार एयरवेजको यस कार्यक्रममार्फत यी बालबालिकाहरूको अनुहारमा खुशी ल्याउन पाएकोमा हामी पनि निकै खुशी छौं ।'


Advertisement

कतार च्यारिटीसँगको सहकार्यमा सञ्चालित यस अभियान नेपाली समुदायलाई सेवा गर्ने हाम्रो प्रतिबद्धताको एक उदाहरण पनि हो र यी अनाथालयका बालबालिकाहरुका लागि यति गर्ने अवसर प्राप्त गर्दा हामी अत्यन्तै कृतज्ञ पनि छौं ।' 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्