×

NMB BANK
NIC ASIA

काठमाडौं – बजारमा अहिले एउटा गीतको खुबै चर्चा छ, प्रकाश सपुतको ‘गलबन्दी’ ।

Muktinath Bank

यूट्यूब, टिकटक, सामाजिक सञ्जाल तथा अन्य सञ्चारमाध्यममा गीतले स्थान जमाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजारदेखि गाउँसम्म, बालकदेखि वृद्धसम्म । सबै क्षेत्र र उमेर समूहले गीत अत्याधिक रुचाएका छन् । १५ मिनेट लामो गीतको भिडियो १० दिनअघि सार्वजनिक गरिएको हो ।


Advertisment
Nabil box
Kumari

यो अवधिमा झण्डै ७० लाख दर्शक पाइसकेको छ भने यूट्यूब ट्रेन्डिङमा केही दिनदेखि पहिलो स्थान जमाइरहेको छ ।

Vianet communication
Laxmi Bank

सम्भवतः लोकदोहोरीको इतिहासमै छोटो समयमा धेरै दर्शक पाउने गीत बनेको छ ‘गलबन्दी’ । 

किन यति लोकप्रिय बन्यो यो गीत ? सर्जक प्रकाश भन्छन्, ‘सर्वप्रथम त गीतको पनि आफ्नै भाग्य र संयोग हुँदोरहेछ । एउटा भाग्य र संयोग लिएर आएको रहेछ गलबन्दी ।’

प्रकाश गीत लोकप्रिय हुन्छ भनेर काम गर्दैनन् तर काम जतिसक्दो राम्रो गर्न भरपूर मेहनत गर्छन् । भाग्य, संयोग र मेहनत मात्र त पक्कै होइन, गीत लोकप्रिय हुनाका अन्य कारण पनि पहिल्याउँछन् ।

प्रकाश थप्छन्, ‘गलबन्दी हाम्रै समाजको कथा हो तर हामीहरूले अलिकति बिर्सिसकेको कथा । केही पुरानो हाम्रै कथालाई गीतले उजागर गरेको हुनाले पनि स्रोता–दर्शकले रुचाउनुभयो ।’

रोधी बस्ने, झ्याउरे गाउने गाउँघरको पुरानो परम्परा हो । त्यही परम्परा झल्काउँदै ठेट स्थानीय शब्द र सरल भाकामा फिल्मी शैलीमा ‘गलबन्दी’ बुनिएको छ ।

गीतको प्रस्तुती, रोधी र झ्याउरेको झल्को, बीचबीचमा गाउँघरमा बोलिने ठेट संवादको प्रयोगले गीतलाई आकर्षक बनाएको छ । गीतमा प्रकाश र शान्तीश्री परियारको स्वर र प्रस्तुती उत्कृष्ट छ ।

प्रकाश स्वयं र मोडल अञ्जली अधिकारीको अभिनय गीतको बलियो पक्ष हो । धेरैले प्रकाशको चञ्चलता र अञ्जलीको लजालुपनको प्रशंसा गरेका छन् । गायन र मोडलिङमा अब्बल प्रकाश निर्देशकीय पक्षमा पनि अब्बल देखिए ।

हामी कहाँ दिनैपिच्छे नयाँ–नयाँ गीतहरू सार्वजनिक हुन्छन् । धेरैमा नविनता पाइँदैन, मौलिकता पाइँदैन । त्यसैले त यूट्यूबमा सार्वजनिक हुने अधिकांश गीत यूट्यूबमै हराउँछन् । नविनता र मौलिकता नहुँदा दिनमै हराउने गीतको भीडबाट टाढा रह्यो ‘गलबन्दी’ । 

‘स्रोता–दर्शकलाई मौलिकता, नविनता र आफ्नोपन मनपर्छ,’ वरिष्ठ लोकदोहोरी गायक नारायण रायमाझी भन्छन्, ‘गीतको भावअनुसार भिडियोमा साना–साना कुरालाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।’

गाउँले परिवेशमा खिचिएको भिडियोको प्रस्तुती, ठेट शब्द, लय, स्वर, अभिनय र संवादलाई वास्तविक ढंगले उतार्नु नै गीतको सफलता भएको रायमाझीको तर्क छ ।

यस किसिमका सिर्जनाले लोकदोहोरी गीतलाई हेर्ने दर्शकको दृष्टिकोण समेत राम्रो बन्दै गएको उनी बताउँछन् ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x