राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई परराष्ट्रका ‘बुलेटप्रूफ’ गाडी, बिग्रेको गाडी प्रदेश सरकारलाई !

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

काठमाडौं – राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले परराष्ट्र मन्त्रालयले उपलब्ध गराएका २० वर्ष पुराना गाडी चढ्ने गरेको पाइएको छ । सार्क शिखर सम्मेलनका लागि खरिद गरिएका मर्सिडिज बुलेट प्रूफ गाडी राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले प्रयोग गरिरहेका छन् । 

२०५५ साल माघ ८ गते किनिएका गाडी अहिले पनि चालु अवस्थामा छन् । बा १ झ ५४५७ नम्बरको मर्सिडिज बुलेट प्रूफ राष्ट्रपतिको कार्यालयमा चालू अवस्थामा रहेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । 


Advertisement

सार्क शिखर सम्मेलनका लागि किनिएको बा १ झ ५४५६ नम्बरको मर्सिडिज बुलेट प्रूफ प्रधानमन्त्री कार्यालयमा चालू अवस्थामा छ । कतार सरकारले २०७३ साल असार १३ गते उपहार दिएको बा२झ १९३६ नम्बरको मर्सिडिज बेञ्च कार पनि प्रधानमन्त्री कार्यालयमा छ ।

बिग्रेको गाडी प्रदेशलाई उपहार !


Advertisement

परराष्ट्रले आफ्नो स्वामित्वमा रहेको बिग्रेको गाडी प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको छ । २०५५ साल माघ १० गते किनिएको बा १ झ ५४५९ नम्बरको बेञ्च कार प्रदेशमा हस्तान्तरणको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।  

सोही मितिमा खरिद गरिएको बा १ झ ५४६९ नम्बरको निसान कार प्रदेश १ मा हस्तान्तरण भइसकेको छ । सो कार मर्मत गर्नुपर्ने अवस्थामा रहेको मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

२०५६ सालमा किनिएको र हाल प्रयोगमा नरहेको बा १ झ ५६४८ नम्बरको हुन्डाइ कार शिक्षा विज्ञान प्रविधि मन्त्रालयमार्फत् महाकवि देवकोटा माध्यमिक विद्यालयलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको छ । 

मन्त्रालयमा रहेका ५८ वटा कार र जीपमध्ये १५ वटा गाडी चालू अवस्थामा छैनन् । २०५५ सालमा किनिएका गाडी चालू अवस्थामा रहेपनि २०७१ सालमा किनिएको बा२झ ८८२ नम्बरको बोलेरो जीप बिग्रिएकाले मर्मत गर्नुपर्ने अवस्थामा छ । २०६५ सालमा किनिएको हुण्डाई इनात्रा पनि मर्मत र्गुपर्ने अवस्थामा पुगेको छ । 

मन्त्री चढ्ने गाडी कतार सरकारको उपहार

मन्त्रालयमा रहेका ९ वटा गाडी कतार सरकारले उपलव्ध गराएको विवरणमा उल्लेख छ । मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरण अनुसार कतार सरकारले दिएका बा२झ १९३३ नम्बरको मर्सिडिज बेञ्ज जीप र बा२झ १९३४ नम्बरको मर्सिडिज बेञ्च कार मन्त्री प्रदीप ज्ञवालीले चढ्ने गरेका छन् । 

मन्त्रीको स्वकीय सचिवालयका लागि कोरियन सरकारबाट सहयोग स्वरूप प्राप्त भएको बा१झ ८२३३ नम्बरको हुण्डाई सान्ताफे गाडी प्रयोग भइरहेको छ । यस्तै बा २ झ ८८४ नम्बरको फोर्ड सेडान कार मन्त्रीको निजी सचिवालयले प्रयोग गरिरहेको मन्त्रालयले उपलब्ध गराएको लिखित विवरणमा उल्लेख छ । 

कतार सरकारले उपलब्ध गराएका एक–एकवटा मर्सिडिज बेञ्च गृह मन्त्रालय र रक्षा मन्त्रालयले प्रयोग गरेका छन् । कतार सरकारले उपलब्ध गराएका ४ वटा मर्सिडिज बेञ्च नेपाल आउने विदेशी पाहुनाका लागि प्रयोग हुने गरेका छन् । 

कोरिया सरकारबाट सहयोग स्वरूप प्राप्त भएको बा १ झ ८२३४ नम्बरको हुन्डाइ सान्ताफे सहसचिव भरतराज पौड्यालले प्रयोग गर्दै आएका छन् । 

चीनले दिएको अधिकांश गाडी बेकामे !

मित्र राष्ट्र चीन सरकारले २०५५, २०६१ र २०७५ सालमा गरी ८ वटा गाडी उपलब्ध गराएको थियो । चीनले दिएका ८ मध्ये दुईवटा गाडी मात्र चालु अवस्थामा छ भने अन्य ६ वटा गाडी चालू अवस्थामा छैनन् । 

२०७५ चैत ३ गते बा१ग ३५४३ नम्बरको हाइगर मन्त्रालयको प्रयोगमा रहेको छ । बा१झ ६९१९ नम्बरको किया भ्यान स्टाफ बाहनको रूपमा प्रयोग भइरहेको छ । २०६१ सालमा चीन सरकारले दिएको किया भ्यान मर्मत गर्न धेरै खर्च लाग्ने भन्दै गृह मन्त्रालयको ग्यारेजमा थन्क्याइएको छ । 

चीनले २०५५ सालमा दिएको  बा१झ ५४८१ र बा १ झ ५४८३ नम्बरको मित्सुविसी चालू अवस्थामा नरहेको मन्त्रालयले जनाएको छ । बा१झ ५४६९ नम्बरको निसान कार मर्मत गर्नुपर्ने अवस्थामा प्रदेश १ मा हस्तान्तरण प्रक्रियामा छ । 

बा१झ ३०४१ नम्बरको हुण्डाई प्रिमा र बा१झ ४५३४ नम्बरको इलाटा कार चालू हालतमा नरहेको मन्त्रालयको विवरणमा उल्लेख छ । 

हेर्नुहोस्, चारपांग्रे सवारीको विवरण :-

१२ मोटरसाइकल, एक प्रयोगविहीन

मन्त्रालयमा १२ वटा मोटरसाइकल रहेको देखिन्छ । टीभीएस अपाचेदेखि होण्डा साइन र युनिकर्नसम्मका मोटरसाइकल मन्त्रालयमा छन् । त्यसमध्ये एउटा बिग्रिएर प्रयोगमा नरहेको देखिन्छ ।  

हेर्नुहोस्, मोटरसाइकलको विवरण :

हेर्नुहोस्, यसअघिका २३ भाग :

भाग- २३ : सर्वाेच्च न्यायमूर्तिको ‘गैरकानूनी परम्परा’ : नयाँ गाडी किन्दै, घर लैजाँदै !

भाग- २२ : सेवासुविधा निर्देशिका नै मान्दैनन् सिंहदरबारका कर्मचारी, सवारीसाधन प्रयोगमा छाडा

भाग- २१ : महानगरमा महाबेथिति : सरकारी गाडीलाई रातो प्लेटमा निजीझैं चरम दुरुपयोग

भाग- २० : संसद सचिवालयले बाँड्छ ३१ पदाधिकारीलाई इन्धन, देउवादेखि नेम्वाङसम्मले लिन्छन् सुविधा

भाग- १९ : उद्योगमन्त्री यादवलाई तीनवटा गाडी, मन्त्रालयको गाडीमा शाखा अधिकृतसम्मको रजाइँ !

भाग- १८ : योजना आयोगमा उपाध्यक्षलाई दुई गाडी, सदस्य समेतलाई मासिक १८० लिटर इन्धन

भाग- १७ : मन्त्रीका स्वकीय सचिवसम्मलाई विभागको गाडी, सचिवलाई दिइएको जगेडा गाडी नै झण्डै एक करोडको !

भाग- १६ :‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !

भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग

भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !

भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !

भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !

भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ

भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा

भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !

भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !​

भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी

भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?

भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !

भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !

भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

कमेन्ट गर्नुहोस्