कात्तिक २५, २०८०
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
जेठ २४, २०७६
काठमाडौं – रामेछापकी मिना (नाम परिवर्तन) विगत ५ वर्षदेखि सातदोबाटोमा खाजा पसल चलाउँदै आएकी थिइन् ।
सामान्य परिवारमा जन्मेकी मिनाको विवाह भएको ६ वर्ष भएको थियो । उनका पति टासी (नाम परिवर्तन) रोजगारीको सिलसिलामा कतार गएका छन् ।
एक छोरा भएका मिना र टासीको परिवार खुशी थियो । दुवै जनाले पैसा कमाएर काठमाडौंमा घर बनाएर खुशीसाथ बस्ने सपना बुनेका थिए तर उनीहरूमाथि अनायासै एउटा झन्झट आइलाग्यो, मिनाको मोबाइलमा अपरिचित नम्बरबाट निरन्तर धेरै फोन आउन थाल्यो ।
भक्तपुरमा व्यापार गर्दै आएका भारतको मुजपm्फरपुर जिल्लाका २४ वर्षीय गोविन्द अग्रवालले मिनाको खाजा पसलको होडिङ बोर्डमा राखिएको नम्बर सामाजिक सञ्जाल फेसबुकमा गलत सन्दर्भमा प्रयोग गरे । अग्रवालले सामाजिक सञ्जाल फेसबूकमा ‘फेक’ आईडी बनाएर उनको नम्बर राखी ‘यो यौनकर्मीको नम्बर हो, यसमा सम्पर्क गर्न सक्नुहुन्छ’ भनेर पोस्ट गरेछन् ।
त्यसपछि मिनाको नम्बरमा लगातार अपरिचित नम्बरबाट धेरै फोन आउन थाल्यो । मिनाले अपराध अनुसन्धान महाशाखा काठमाडौंमा मुद्दा दर्ता गरेपछि अग्रवालको अपराधको खुलासा भयो ।
स्याङ्जा घर भई बुटबलमा पढ्दै आएकी सरिता (नाम परिवर्तन) को विवाह भएको ३ महिना भयो तर उनलाई उनका पतिले छोडिसकेका छन् । विवाहलगत्तै पति अलग भएपछि उनले आफू बाँच्नुको अर्थ नभएको भन्दै आत्महत्या गर्ने प्रयास समेत गरेकी थिइन् ।
सरिताको ‘पूर्व प्रेमी हुँ’ भन्ने श्याम खड्का (नाम परिवर्तन) ले सरिताका पतिको ‘फेसबूक’ म्यासेन्जरमा उनीसँगको फोटो पठाए । सामाजिक सञ्जाल फेसबूकको पोस्टमा पनि सरिता आफ्नो प्रेमिका भएको र बुटवलमा पनि सँगै घुम्ने गरेको भन्दै दुवैका फोटोहरू पोस्ट गरिए । सरिता र उनका आफन्तले अपराध अनुसन्धान महाशाखामा उजुरी गरेपछि अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै भएका अपराधका घटनाका उदाहरण मात्रै हुन्, माथिका २ घटना । अहिले सामाजिक सञ्जाल प्रयोग गरी अरुलाई अपमानित गर्ने र अपराध गर्ने प्रवृत्ति बढ्दै गएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए ।
‘पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले गर्दा यसबाट हुने अपराधहरू पनि बढ्दै गएका छन्,’ फेकबूकमार्फत उच्च पदमा रहेका व्यक्तिको मर्यादा र सम्मानमा खलल पुर्याउने खालमा अपराध समेत भइरहेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायतका फोटोलाई बिगार्ने, गलत सन्र्दभमा प्रयोग गर्ने र सामाजिक सञ्जालमा राख्ने खालका गतिविधि निकै बढेको एसएसपी थापाले लोकान्तरलाई बताए ।
‘सामान्य नागरिकको कुरै छाड्दिनुस्, १ जना महिला सासंदलाई म्यासेन्जरमा अनौतिक क्रियाकलापको प्रस्ताव राखेको म्यासेज पठाएछन् १ जनाले । यहाँ सासंदहरू पनि सामाजिक सञ्जालबाट पीडित भइरहेका छन्,’ थापाले भने ।
सामाजिक सञ्जाल प्रयोगकर्ता बढेसँगै सञ्जालको महत्व र खतराबारे नै नबुझी प्रयोग गरिरहेको समेत देखिएको छ । यसले व्यक्तिगत गतिविधि पनि बाहिर चुहिरहेका छन् र सामाजिक सञ्जालमार्फत निजी मामिलाका कुरा समेत बाहिर गइरहेको एसएसपी थापाले बताए ।
के हुन्छ कारवाही ?
सामाजिक सञ्जालबाट कसैले अपराध गरेमा विद्युतीय कारोबार ऐन अनुसार अधिकतम् ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएपी) सहकुल थापाले लोकान्तरलाई बताए ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ उपदफा १ मा लेखिएको छ, ‘कम्प्यूटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’
कति भए सामाजिक सञ्जालमार्फत अपराध ?
पछिल्लो ४ वर्षमा सामाजिक सञ्जालमा १ सय ३१ वटा अपराधका घटना भएका उजुरी प्रहरीसमक्ष आएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सबैभन्दा धेरै अपराधका घटना भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा सामाजिक सञ्जाल फेसबूक भएको अपराध १७ वटा, २०७३/०७४ मा २२ वटा, २०७४/०७५ मा ५० वटा र २०७५/०७६ को वैशाखसम्म ९ महिनामा ४२ वटा अपराधका मुद्दा महाशाखामा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७२/७३ मा ह्याकिङका अपराध ४ वटा, २०७३/०७४ मा १ वटा, २०७४/०७५ मा २ वटा र २०७५/०७६ को ९ महिनामा ८ वटा उजुरी दर्ता भएको महाशाखाको तथ्यांकले देखाउँछ ।
बढे पीडित
सामाजिक सञ्जालबाट पछिल्लो ४ वर्षमा ५ हजार ७९ जना पीडित भएका छन् । आर्थिक वर्ष २०७२/७३ मा सामाजिक सञ्जाल फेसबूकबाट पीडित ८ सय ३० जना, २०७३/०७४ मा १ हजार १ सय ९७, २०७४/०७५ मा १ हजार ४ सय ८२ र २०७५/०७६ को वैशाखसम्म ९ महिनामा १ हजार ५ सय ७० जना पीडित भएको महाशाखाले जनाएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत अपराधका घटना बढिरहेका छन् । बढ्दो सूचना प्रविधिको प्रयोगको पहुँचमा किशोकिशोरी छन् ।
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...