२६ जेठ २०८३, मंगलबार

प्रदेश नं ३ को नामकरण र राजधानीबारे अन्योल

प्रदेश नं ३ को नामकरण र राजधानीबारे अन्योल

काठमाडौँ– प्रदेश नं ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन । प्रदेशको नामकरण गर्ने विषयमा अहिले निकै चर्चा चलेको छ । प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम गौरीशङ्कर, वाग्मती, नेवा ताम्सालिङ, काठमाडौँ मण्डल, गोसाइँकुण्ड, शैलुङजस्ता नाम छन् ।

        राजधानीका बारेमा मकवानपुर, चितवन, काभ्रेमा राजधानी हुनुपर्छ भनेर प्रस्ताव दर्ता भएको छ । प्रदेश सरकारले सबै सांसदसँग परामर्श गरेर नामको अन्तिम टुङ्गो लगाउने छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नं ३ का सचिव तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले प्रदेशको नामकरण र राजधानी दुवै सबैको सहमतिमा राखिने सुनाए। “प्रदेशको नाम राख्ने र राजधानी कहाँ राख्ने विषयमा प्रदेश सांसदले संवैधानिक अधिकार प्रयोग गरेका छन्, सर्वसम्मत रुपमा नाम र राजधानी हुन्छ”, सचिव पोखरेलले भने, “कतिपय सांसदलाई मेरै जिल्लामा हुनुपर्र्छ भन्ने छ तर त्यस्तो ठान्नु हुँदैन ।” उनले सर्वसम्मत ढङ्गले पार्टीको निर्देशन मान्नुपर्ने धारणा राखे । उनले केरुङ, तातोपानी र लामावगर नाका खोल्ने तयारीमा प्रदेश लागेको जानकारी दिए । 
 
    
 

salt training

कमेन्ट गर्नुहोस्