
काठमाडौँ - भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले श्रीलंकासँग आफ्नो सम्बन्ध अतुलनीय भएको टिप्पणी गरेका छन् । आइतवार दिउँसो एक ट्वीट गर्दै रविशले श्रीलंकासँग भारतको सम्बन्ध पानी परेपनि या घाम लागेपनि सँगै रहेको बताएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी श्रीलंकाको औपचारिक भ्रमणमा छन् । मोदीलाई स्वागत गर्ने बेलामा कोलम्बोमा पानी पर्यो । त्यसपछि श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र मोदी एकै छातामा देखिए । यही तस्वीर राख्दै भारतीय विदेशमन्त्रीले ट्वीट गरे, 'पानी परोस् या घाम लागोस् हामी सँगै छौ ।'
दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएपछि मोदीले छिमेक सम्बन्धलाई बढी प्राथमिकता दिने नीति अख्तियार गरेका छन् । यसलाई आलोचकहरूले दक्षिण एसियाबाट पाकिस्तानलाई अलग्याउने नीति रेको भन्दै मोदीको आलोचना गर्ने गरेका भएपनि मोदीलाई केही फरक परेको छैन ।
दोस्रोपटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण माल्दिभ्सबाट शुरू गरेका मोदी आजै श्रीलंका पुगेका हुन् ।
Together with you - come rain or shine
— Raveesh Kumar (@MEAIndia) June 9, 2019
Some glimpses of the ceremonial welcome extended to PM @narendramodi at the President's Office in #Colombo. With gracious host Sri Lankan President @MaithripalaS pic.twitter.com/o2I603n6Wa