×

NMB BANK
NIC ASIA

सामाखुसीमा खुल्यो यामाहाको अत्याधुनिक डिलर

जेठ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले काठमाडौंको सामाखुसीमा ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको अत्याधुनिक डिलरसिप शुरू गरेको छ ।

Muktinath Bank

काठमाडौंमा यामाहा मोटरसाइकल र स्कूटरको माग बढ्दै गएको तथ्यलाई मध्यनजर गरी एमएडब्लु इन्टरप्राइजेजले बाइकर ल्याब्स् प्रालिमार्फत नयाँ डिलरसिप शुरू गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुईतले नयाँ सोरुमको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले गरे । यहाँबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका मोटरसाइकलको सेल्स, सर्भिस, एक्सचेन्ज र फाइनान्सको सुविधा पाउने कम्पनीले बताएको छ ।


Advertisment
Nabil box
Kumari

‘यामाहा ब्रान्डका मोटरसाइकलले स्पोर्टी इमेजलाई अवलम्बन गरिरहेको छ । यामाहाका मोटरसाइकल भन्नेबित्तिकै पिकअप, स्टाइल, पावर, एसिलेरेसनमा उत्कृष्ट भन्ने बुझिन्छ । पछिल्ला समयमा हामीले ल्याएका आर१५ भी३, र एफजी भी३ ले पनि यामाहाको स्पोर्टी इमेजलाई बलियो बनाइदिएको छ,’ नयाँ सोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अग्रवालले भने, ‘यामाहाका मोटरसाइकलले चालकको सुरक्षासँग कुनै सम्झौता रोमाञ्चकतालाई प्रत्याभूत गर्छ ।’ 

Vianet communication
Laxmi Bank

त्यसैगरी, बाइकर ल्याब्स्का संस्थापक दीपक सिंजालीले युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम शुरू गर्नु गर्वको कुरा भएको बताए । उनले दुईतले यो सोरुमबाट ग्राहकले राम्रो सपिङ एक्सपिरियन्स गर्ने पनि बताए । उनले यामाहाले बिक्रीलाई मात्र नभई बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्त्व दिने बताए ।

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कूटर बिक्री गर्दै आएको छ । स्कूटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । 

यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी३.० सार्वजनिक गरेको थियो जुन एफआई टेक्नोलोजी र एन्टिलक ब्रेकिङ सिस्टम भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यसको माग युवा राइडरहरूमाझ अत्याधिक बढेको छ । 

यामाहाका मोटरसाइकल र स्कूटरहरू प्याटेन्टेड ‘ब्लू कोर’ इञ्जिन जडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x