लोक सेवाले स्थानीय तहका लागि गरेको विज्ञापन रद्द गर्न संसदीय समितिको निर्देशन

काठमाडौं – संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लोक सेवा आयोगले स्थानीय तहका लागि हालै गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।

संसद् सचिवालय सिंहदरबारमा सोमवार बसेको बैठकले आयोगको विज्ञापन समावेशी र समानुपातिक सिद्धान्त विपरीत रहेको ठहर गर्दै रोक्न निर्देशन दिएको सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।


Advertisement

समितिले सोमवार मन्त्री लालबावु पण्डितसँगको छलफलपछि विज्ञापन रोक्न निर्देशन दिएको हो ।

आयोगले ५ सय १५ स्थानीय तहका लागि ९ हजार १६१ पदमा आवेदन खोलेको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्