×

NMB BANK
NIC ASIA

बच्चाहरूलाई बुद्धिमान बनाउनु छ भने यी योगासन गराउनुहोस्

कात्तिक १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

योगले अनेकौं फाइदा गर्छ भनी तपाईंले जान्नुभएकै होला । अनि बच्चाहरूलाई योगासन गराउँदा उनीहरूको शरीर स्वस्थ र सक्रिय बन्छ र बुद्धि पनि तेज हुन्छ भनी थाहा पाउनुभएको छ ?

Sagarmatha Cement
Muktinath Bank

प्रत्येक मातापिताले आफ्ना बच्चाहरूको तनमन स्वस्थ रहोस् र उनीहरू प्रत्येक कदममा सफल हुन् भन्ने इच्छा राख्छन् । तपाईंले आफ्ना बच्चाहरूलाई योग गराउनुभयो भने यो इच्छा सजिलै पूरा गराउन सक्नुहुन्छ । यहाँ हामी केही योगासनको चर्चा गर्दैछौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऊँको उच्चारण
ऊँको उच्चारण गर्दा ध्यान केन्द्रित गर्ने शक्ति विकसित हुन्छ । उच्चारणले मानसिक शान्ति प्राप्त हुन्छ तथा मस्तिष्कमा रक्तसञ्चार पनि बढ्छ । यसो गर्नका लागि सुखासनमा बसेर हातहरूलाई ज्ञानमुद्रामा राख्नुस् । अनि लामो सास लिएर ऊँको उच्चारण गर्दै सास छोड्नुस् । यस्तो तीनदेखि पाँचचोटि गर्नुस् । 


Advertisment
Nabil box
Kumari

भ्रामरी
आजकल बच्चाहरूलाई थकान र तनाव हुनु सामान्य कुरा भएको छ । यसले गर्दा बच्चाहरू पढाइमा ध्यान दिँदैनन् अनि खेलकुदमा पनि सक्रिय हुँदैनन् । बच्चाहरूलाई भ्रामरी गराउनुभयो भने समस्या समाधान हुन्छ । ब्राह्मरी गर्दा स्वरयन्त्र बलियो हुन्छ, अनिद्रा भाग्छ अनि रिस, थकान तथा तनाव हट्छ । यो गर्न सुखासनमा बस्नुस् र आँखा बन्द गरेर सास लिनुस् अनि कानमा औंला घुसाएर हम्म्म्म्म आवाजका साथ सास छोड्नुस् । थोरै अभ्यासपछि नै बच्चाहरूले सजिलै यो योग गर्न सक्छन् । 

Vianet communication
Laxmi Bank

त्रिकोणासन
शरीरलाई तन्काउनका लागि यो राम्रो आसन हो । यसले हात, गोडा, कम्मर, मेरुदण्ड र छाती बलियो बनाउँछ । यसले स्नायुप्रणाली पनि राम्रो बनाउँछ । 
यो आसनका लागि सीधा उभिनुस् अनि गोडाहरूका बीचमा दुई फीटको ग्याप राख्नुस् । दुवै हातलाई साइडमा लानुस् । अब बिस्तारै देब्रेतर्फ झुक्नुस र देब्रे हातले देब्रे गोडाको पैताला छुने कोशिश गर्नुस् । यसबेला तपाईंको दाहिने हात ठाडो हुनुपर्छ । यस स्थितिमा केही बेर बस्नुस् अनि सामान्य स्थितिमा आउनुस् । यही क्रिया अर्को हातले पनि गर्नुस् । 

भुजंगासन
यो आसन गर्दा बच्चाहरू मेरुदण्ड र पिठ्युँ बलियो हुन्छ अनि हातको मांसपेशी पनि शक्तिशाली बनाउँछ । यसो हुँदा बच्चाहरूलाई लेख्न सजिलो हुन्छ । अनि यो आसनले पाचन क्रिया पनि बलियो बनाउँछ र फोक्सोलाई शक्तिशाली बनाउँछ । 

यो आसन गर्नका लागि पेट तल पारेर पल्टिनुस् । अब दुवै हत्केलालाई छातीनजिक राख्नुस् । सास लिँदै शिर, काँध र छातीलाई माथि उठाउनुस् । सास छोड्दै शिरलाई तलतिर ल्याउनुस् । एकछिन आराम गर्नुस् र यस क्रियालाई दोहो–याउनुस् । 

वृक्षासन
वृक्षासन गर्दा मस्तिष्कमा स्थिरता र सन्तुलन आउँछ । एकाग्रता बढ्छ र शरीर पनि सन्तुलित रहन्छ । 

यो आसन गर्नका लागि सीधा उभिनुस् । अब दाहिने घुँडालाई मोडेर दाहिने पञ्जालाई देब्रे तिघ्रामा राख्नुस् अनि देब्रे गोडालाई सीधा राखेर सन्तुलन बनाउनुस् । सन्तुलन बनेपछि गहिरो सास लिएर दुवै हातलाई नमस्कार मुद्रामा राख्नुस् । केही क्षण यसै स्थितिमा बसेपछि हात तल ल्याउनुस् र दाहिने गोडा पनि सीधा गर्नुस् । अब अर्को गोडाले पनि त्यही क्रिया दोहो–याउनुस् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x