सदनमा गृहमन्त्रीको जवाफ : प्रदर्शनकारीले माइतीघर मण्डलामा ढुंगामुढा गरेपछि बल प्रयोग

काठमाडौं – गुठी विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएको समूहबाट प्रहरीमाथि ढुंगामुढा गरेका कारण बल प्रयोग गर्नुपरेको सरकारले बताएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सार्वजनिक आवागमनलाई अवरोध गरेका कारण पानीको फोहरा प्रहार गरेको बताएका हुन् ।


Advertisement

‘गुठी विधेयकका प्रावधानमा सम्पदा बचाउ अभियान लगायत २–३ सयले विरोध प्रदर्शन गरेका थिए । सार्वजनिक आवागमनलाई अवरोध खडा गरेका थिए । सार्वजनिक आवागमन नरोक्न प्रहरीले आग्रह गरेको थियो । प्रदर्शनकारीले स्वीकार गरेनन् । यातायात अवरोध जारी राखेका कारण पानीको फोहोरा प्रयोग गरेर तितरवितर गरिएको र पानीको फोहोरा हान्ने क्रममा तितरवितर नभएपछि सामान्य बल प्रयोग गरेको हो,’ मन्त्री थापाले भने ।

मन्त्री थापाले शान्तिपूर्ण विरोध गर्ने अधिकारलाई बर्बर दमन गर्‍यो भन्ने कुरा सही नभएको बताए । गृहमन्त्रीको जवाफप्रति असन्तुष्ट कांग्रेस सांसदले प्रश्न गरिरहेका छन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्