काठमाडौं - गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको स्वरमा ‘जिन्दगी खास भयो’ बोलको गीत सार्वजनिक भएको छ ।
मुक्त उदासको शब्द रचना रहेको गीतमा गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् ।
शान थापा निर्देशित गीतको भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर छन् । भिडियोमा उनीहरुको प्रेमभावलाई देखाइएको छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।
रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिएका हुन् ।
लोकान्तर संवाददाता