लोक सेवाको विज्ञापन रद्द गर्न माग गर्दै परेको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ

काठमाडौं – स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

समानुपातिक, समावेशी र संविधानको मर्मविपरीत विज्ञापन गरिएको भन्दै अधिवक्ता विकासकुमार ठाकुरले सोमवार दायर गरेको रिट आज सुनुवाइका लागि पेशीमा चढेको हो ।


Advertisement

उक्त रिट न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको छ ।

९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापन रद्द गर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सोमवार निर्देशन दिइसकेको छ ।


Advertisement

समितिको निर्देशनपछि सरकार र लोक सेवा आयोग के गर्ने भन्ने निर्णयमा पुगिसकेका छैनन् ।

परीक्षाका लागि फारम भरिसकेका ७० हजारभन्दा बढी युवा मर्कामा परेका छन् । समितिको निर्देशनका कारण सरकारी सेवामा प्रवेश गर्न चाहने लाखौंको भविष्य अन्यौलमा परेको  छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्