×

NMB BANK
NIC ASIA

संसद किन उठ्यो जोन अफ केनेडी, फिडेल क्यास्ट्रो र महेन्द्रको प्रसंग ?

जेठ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विनियोजन विधेयक २०७६ अन्तर्गत अर्थ मन्त्रालयको खर्च कटौती प्रस्ताव पेश गर्ने क्रममा मंगलवार प्रतिनिधि सभाको बैठकमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको तुलना इतिहासमा रहेका विदेशी नेताहरूको छविसँग गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नेता रिजालले संसदमा अमेरिकी पूर्व राष्ट्रपति जोन अफ केनेडी, क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रो, सोभियत संघको नेतृत्व गरेका निकिता खुस्चेव तथा पूर्वराजा महेन्द्र अनि ज्ञानेन्द्रको नाम लिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सन् १९६१ मा अमेरिकाका तत्कालीन राष्ट्रपति केनेडीले संसदको संयुक्त बैठक राखेर दशक नबित्दै चन्द्रमामा मान्छे पुर्‍याएर जीवित ल्याउनुपर्छ भन्ने प्रस्ताव राखे । केनेडीले प्रस्ताव राखेको दशक नबित्दै सन् १९६९ मा नील आरमस्टङले चन्द्रमा आफ्नो खुट्टा राख्छन् । चन्द्रमामा पाइला राखेका नीलले भने एउटा व्यक्तिका लागि एक पाइला मात्र हो तर मानव सभ्यताका लागि यो विशाल छलाङ भयो,’ रिजालले संसदमा भने ।


Advertisment
Nabil box
Kumari

सोही समयमा क्युवामा फिडेल क्यास्टो र सोभियत संघमा निकिता खुच्चेव नेतृत्वमा थिए । ‘२४ मध्ये ११ वटा टाइमजोन भएको सोभियत संघ अहिले इतिहासको पन्नामा पुगिसकेको छ,’ उनले भने, ‘निकिता खुस्चेवले लिएको बाटोका कारण र क्यास्टोको बाटो छाडेर मात्र अहिले क्युवा हिँड्न सकेको छ । त्यहीबेला हामीकहाँ बीपी कोइरालालाई महेन्द्रले विना कारण ८ वर्ष जेल राखे । बीपीले भनेको बाटोमा हिँडदै जाँदा आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगेका छौं । महेन्द्रको बाटोबाट पञ्चायत कहाँ पुग्यो ?’

Vianet communication
Laxmi Bank

यी उदाहरण पेश गरेर रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा शक्ति केन्द्रीकृत गर्न खोजेको आरोप लगाए । ‘अहिले अर्थ मन्त्रालयले केही काम गर्न सक्दैनौ भनेर प्रधानमन्त्रीको कार्यालयमा पुर्‍याउँछ । २५ अर्बभन्दा ठूला आयोजना प्रधानमन्त्रीको निर्देशक समितिले गर्ने भनेपछि अर्थ मन्त्रालयको काम के हुन्छ ? अधिकारको केन्द्रीकरणले सोभियत युनियन, फिडेल क्यास्टोको देशले अर्को बाटो समात्यो । माओत्सेतुङको देशले देग सिआयो पिङपछि बाटो फेरेर अहिले उदीयमान अर्थतन्त्र भयो,’ रिजालले भने ।

प्रधानमन्त्रीले आँखा चिम्लेर जनताको चुलोमा ग्यासको पाइपलाइन पुर्‍याउने र स्टिमर होइन ठूला पानीजहाज चलाउँछु भन्ने कुरा गर्दैमा देश विकास नहुने उनले टिप्पणी गरे ।

‘हिजो ज्ञानेन्द्रलाई अधिकार पुगेन र विकास भएन भनेर अहिले अर्को व्यक्तिलाई अधिकारसम्पन्न गरेर विकास हुन्छ ?’ रिजालले प्रश्न गरे । सांसद रिजालले अहिलेको कर प्रणाली धनी र गरीबका लागि उस्तैै भएकाले प्रगतिशील कर प्रणालीमा जानुपर्ने समय आएकोतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।  

‘केनेडीले भनेको चन्द्रमा जाने बाटो बनायौ तर सजिलो भनेर होइन, गाह्रो थियो, असम्भवजस्तो देखिन्थ्यो तर बनायौ भने,’ रिजालले भने, ‘आँखा चिम्लेर पाइपलाइनबाट ग्यास पुर्‍याउँछु भनेर होइन, स्टिमर मात्र होइन ठूला पानीजहाज चलाउँछु भनेर देश विकास हुँदैन ।’ रिजालले रीति–तिथि र संस्कृति भत्काउने गरी विधेयक नल्याउन पनि सरकारलाई सुझाव दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x