नुवाकोट–११ फाइनलमा

नुवाकोट–नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा नुवाकोट–११ फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा पुलिस क्लबलाई १–० गोलले हराउँदै घरेलु टोली नुवाकोट–११ फाइनलमा प्रवेश गरेको हो । 

    खेलको ४०आँै मिनेटमा नुवाकोट–११ का रोमियोले निर्णायक गोल गरेका थिए । यसअघि खेलको २०आँै मिनेटमा पुलिसका खेलाडीको प्रहार बारमा लागेर फर्किएको थियो । नुवाकोट–११ का खेलाडीको प्रहार पनि बारमै लागेर फर्किएको थियो । खेलको म्यान अफ दी म्याच नुवाकोट–११ का भिक्टो घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे । 


Advertisement

फाइनलमा नुवाकोट–११ ले सङ्कटा र च्यासल युथ बीचको बुधबार हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्ने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी खिए । 

कमेन्ट गर्नुहोस्