लोक सेवाको विज्ञापन नरोकेकोमा राजपाको रोष– सरकार दूधे बालकजस्तो !

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले लोक सेवा आयोगको विज्ञापन खारेज गरेर समावेशी कोटासहितको नयाँ विज्ञापन खोल्न माग गरेको छ ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा सभामुखसँग समय लिएर राजपाका सांसद अनिल झाले अहिलेकै अवस्थामा विज्ञापन अगाडि बढाउँदा देश अप्ठेरोमा पर्ने बताए ।


Advertisement

‘संसदको राज्य व्यवस्था समितिले विज्ञापन रोक्न निर्देशन दिँदा पनि सरकारले हठ व्यक्त गरेको छ । सरकारले दूधे बालकको जस्तो हठ देखाएको छ,’ झाले भने, ‘लोक सेवा आयोगलाई विज्ञापन खारेज गरेर समावेशी आरक्षणसहितको विज्ञापन खोल्न माग गर्दछौं ।’

राजपाले गुठी विधेयकको विरोधमा आन्दोलित समुदायका मागप्रति ऐक्यबद्धता जनाएको छ । राजपाले सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्