विप्लवको पार्टीको पक्षमा संसदमा बोल्यो जनमोर्चा

काठमाडौं – राष्ट्रिय जनमोर्चाले नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीको पक्षमा संसदमा बोलेको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विप्लव निकट विद्यार्थीलाई गिरफ्तार गरेकोप्रति विरोध जनाएकी हुन् । 


Advertisement

‘जेठ २६ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा शान्तिपूर्ण रुपमा भेला भएका विप्लवको पार्टीका विद्यार्थीहरूलाई पक्राउ गरेको छ । संविधानमा शान्तिपूर्ण तरिकाले भेला गर्ने अधिकार दिएको छ । विप्लवका विद्यार्थीलाई गिरफ्तार गर्ने निर्णयप्रति पार्टीले जोडदार रुपले विरोध गर्दछु । सभाुमखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु,’ पौडेलले भनिन् । 

विप्लवको पार्टी नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबीच पार्टी एकीकरणको चर्चा चलेको थियो । जनमोर्चा मसालको राजनीतिक मोर्चा हो । 

कमेन्ट गर्नुहोस्