टिप्परको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

सुर्खेत- सुर्खेतमा क्रियाशील पत्रकार नन्दबहादुर गेलाङको टिप्परको ठक्करबाट मंगलवार निधन भएको छ ।

मोटरसाइकलमा सवार पत्रकार गेलाङलाई बा ५ ख १६८३ नम्बरको टिप्परले भेरी गंगा नगरपालिका वडा नं. ८ लोदेमा रुकुमबाट सुर्खेतको छिन्चु आउँदै गरेको टिप्परले ठक्कर दिएको हो । टिप्परको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।


Advertisement

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेका अनुसार टिप्पर चालक फरार रहेका छन् । चालकको खोजी कार्य जारी रहेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव समेत रहेका गेलाङ सुर्खेत पहिचान दैनिकका सम्पादक समेत हुन् ।

उनी लेकबेसी- ७ कल्याण घर भई वीरेन्द्रनगरमा विगत लामो समय देखि बस्दै आइरहेका थिए ।

कमेन्ट गर्नुहोस्