कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महाभारतमा अनेकौं रहस्यमय कथाहरू छन् । यस्तै एउटा कथा यहाँ हामी बताउँछौं ।
महाभारतको युद्ध अन्तिम चरणमा पुगेको थियो । अम्बाले भीष्मको मृत्युको कारण बन्छु भनी गरेको प्रतिज्ञा पूरा गर्न शिखण्डीको रूपमा पुनर्जन्म लिएर अर्जुनलाई मद्दत गरेको अवस्था थियो ।
अर्जुनका वाणहरूले भीष्मको शरीरलाई चाल्नो बनाइदिएका थिए । तर उनलाई इच्छामृत्युको वरदान प्राप्त भएकाले यमराजले पनि प्राण हर्न सक्दैनथिए ।
वाणको शय्यामा पल्छिएर उनी महाभारतको युद्धको परिणाम प्रतीक्षा गरिरहेका थिए ।
युद्धको नियमअनुसार सूर्यास्तपछि युद्ध रोकिन्थ्यो र सबै योद्धाहरू भीष्मको शय्यानजिक भेला हुन्थे ।
भीष्मले उनीहरूलाई प्रवचन दिन्थे । एकदिन यसैगरी भीष्मले प्रवचन दिँदै गर्दा गम्भीर वातावरणका बीच द्रौपदी अचानक हाँस्न थालिन् ।
द्रौपदी हाँसेको देखेर भीष्मलाई रिस उठ्यो र किन हाँसेकी भनी सोधे ।
जवाफमा द्रौपदीले संवेदनालाई हल्लाउने कुरा भनिन् । उनले भीष्मलाई कौरवहरूको दरबारमा आफूमाथि गरिएको अमानवीय दुर्व्यवहारका बारेमा सम्झाइन् । भीष्म पितामह त्यसका साक्षी थिए तर विरोध गर्न सकेनन् भनी द्रौपदीले बताइन् ।
द्रौपदीको मनमा गढेको त्यो क्षोभ नै व्यंग्यात्मक हाँसोका रूपमा बाहिर निस्कियो ।
भीष्मले स्पष्टीकरण दिँदै भने, ‘त्यतिखेर म कौरवहरूले दिएको अन्न खाएर बसेको थिएँ र जसको अन्न खाइन्छ, उसको विरोध गर्नु सही हुँदैनथियो । धृतराष्ट्र र दुर्योधन जस्ता अधर्मीहरूको अन्नले मेरो जिभ्रो बाँधिएको थियो, त्यसैले म विरोध गर्न असमर्थ थिएँ । अहिले अर्जुनका वाणहरूले त्यो दूषित अन्नले बनेको रगत बगेर गइसक्यो र म प्रवचन गर्न योग्य भएको छु ।’
यो सुनेपछि द्रौपदीले भीष्मसँग माफी मागिन् र उनले माफ पनि गरिदिए ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...