
काठमाडौं-अस्ट्रेलियन क्रिकेटर डेविड वार्नरले १२ औं संस्करणको विश्वकपमा शतक प्रहार गरेका छन् ।
बुधवार इंग्ल्याण्डको टाउनटनमा पाकिस्तानविरुद्धको जारी खेलमा वार्नरले शतक प्रहार गरेका हुन् ।
१११ बल खेलेका उनले ११ चौका र १ छक्काको मदतमा १०७ रन बनाए ।
अहिले अस्ट्रेलियाले ब्याटिङ गरिरहेको छ ।