पुष्पकमल होइन, 'प्रचण्ड' भनेर बोलाउँदा गर्वबोध हुन्छ - प्रचण्ड

काठमाडौँ - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कसैले पुष्पकमल दाहाल मात्र भन्यो भने नराम्रो लाग्ने बताएका छन् ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुष्पकमल नाम कुनै एउटा जातिविशेषको असाध्यै सीमित र संकीर्ण लाग्ने बताएका हुन् ।


Advertisement

'प्रचण्ड भन्दा मलाई सिङ्गै नेपालको छोरो जस्तो लाग्छ,' उनले भने, पुष्पकमल दाहाल भन्दा एउटा जातिविशेषको असाध्यै सीमित र संकीर्ण घेराभित्र पारिएको महसूस हुन्छ ।'

प्रचण्ड भनेर कसैले बोलाए आफूलाई गर्वबोध हुने उनले खुलासा गरे ।

'प्रचण्ड भन्यो भने गर्वबोध पनि हुन्छ,' उनले थपे, 'प्रचण्ड नामले मेरो असली भूमिकालाई खबरदारी गरेको हिसाबले बुझ्ने गर्छु मैले, तर यदि कसैले पुष्पकमल दाहाल मात्र भन्यो भने पुरानै समाजतिर, पुरानै संस्कृतितिर र पुरानै परम्परातिर फर्काउन जोड गरे जस्तो अनुभूति हुन्छ ।'

तर उनले पुष्पकमल र प्रचण्ड जे भनेर बोलाए पनि दुवै आफू भएको बताए । उनले भने, 'यद्यपि दुवै मै हुँ ।'

 

कमेन्ट गर्नुहोस्