४० हजार वर्षदेखि हिउँमा पुरिएको भेटियो ब्वाँसोको टाउको

काठमाडौं – रुसको साइबेरियामा वैज्ञानिकहरूले हिमयुगको एक ब्वाँसोको टाउको फेला पारेका छन् । ब्वाँसोको टाउकोका साथै दिमाग र कपाल तथा दाँत पनि सुरक्षित भेटिएको हो ।

ब्वाँसोको टाउको ४० हजार वर्ष पुरानो भएको बताइएको छ । टाउको १६ इन्च लामो छ । यो भनेको आजकल पाइने ब्वाँसोको भन्दा दुई गुणा बढी लामो हो । 


Advertisement

ब्वाँसोको टाउको आर्कटिक सर्कलमा वैज्ञानिक पावेल एफिमोभले पत्ता लगाएका हुन् । यसको शरीर चाहिँ वरिपरि फेला परेन । ब्वाँसोलाई कुनै अन्य जनावरले आक्रमण गरेको हुन सक्ने अनुमान छ किनकि रुसमा मानवजाति ३२ हजार वर्षअघिदेखि मात्र आएको हो । 

रुसी वैज्ञानिक डाक्टर अल्बर्ट प्रोतोपोपोभले ब्वाँसोको टाउकोमा रहेका अधिकांश कोशिकाहरू ताजा नै भेटिए । यसको टाउकोलाई आधुनिक ब्वाँसाको टाउकोसँग तुलनात्मक अध्ययन गरिनेछ । विगत हजारौं वर्षमा जनावरहरूको विकास कसरी भयो भन्ने कुरा यसबाट स्पष्ट हुनेछ ।


Advertisement

साइबेरियन टाइम्स वेबसाइटका अनुसार, वैज्ञानिकहरू ब्वाँसोको डीएनए परीक्षण समेत गर्नेछन् र उनीहरूलाई त्यस युगको स्थितिको जानकारी पनि प्राप्त हुनेछ । 

सीटी स्क्यान गर्दा ब्वाँसोका भित्री अंग र दिमाग सही अवस्थामा फेला परेको थियो । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्