×

NMB BANK
NIC ASIA

स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिको म्याद पुन: ६ महिना थप

जेठ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिको म्याद पुन: थप गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेशसभाको बिहीवारको बैठकले समितिको म्याद पुन: ६ महिना थप गर्ने निर्णय गरेको हो । समितिको तेस्रो पटक म्याद थप गरिएको हो । प्रदेशसभाको गत साउन २४ गतेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा सदस्यहरू मनोनयन गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि पनि समितिको म्याद २ पटक तीन/तीन महिना थप गरिएको थियो । प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्न गठन भएको विशेष समितिले प्रदेशका १२ वटै जिल्लामा पुगेर सुझाव संकलन गरिसकेको छ । सुझाव संकलन पश्चात भूगोल, मौसम, वातावरण तथा सांस्कृतिक एवं सुरक्षाविद्हरूसँग राय लिएर प्रतिवेदन पेश गर्न विशेष समितिले ६ महिना समय माग गरेकाले बिहीवारको बैठकबाट म्याद थप गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

सात प्रदेश रहेको मुलुकमा १, ४, ६ र ७ प्रदेशले राजधानी र नामाकरण टुंग्याएका छन् । संविधानको धारा २८८ मा भएको व्यवस्थाअनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेशसभाले निर्णय गरे बमोजिम हुने व्यवस्था छ । प्रदेश ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेशसभा नियमावली २०७४ (संशोधनसहित) को नियम १५२ मा व्यवस्था भएअनुसार विशेष समिति बनाइएको थियो ।

Vianet communication
Laxmi Bank

यसैबीच प्रदेश ५ का प्रदेशसभा सदस्यहरूले खेती लगाउने समयमा कृषकलाई मलखाद र बिउ बिजनको अभाव भएको भन्दै तत्काल समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा विशेष समय लिएर बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरूले खेती लगाउने समयमा सधैं किसानलाई मलखाद र बीउ बिजनकै समस्या हुने गरेको भन्दै मलखादको उचित प्रबन्ध मिलाउन माग गरे ।

प्रदेशसभा सदस्यहरू अष्टभुजा पाठक, तुल्सीप्रसाद चौधरी, बैजनाथ कलबार, विजयबहादुर यादवले विगतका बैठकहरूमा मलखादको अभावबारे प्रदेशसभामा आवाज उठाएको स्मरण गराउँदै प्रदेशसभा सदस्यहरूले अहिले पनि समस्या जस्ताको तस्तै रहेकोले तत्काल आवश्यक मलखादको व्यवस्था मिलाउन माग गरे ।

प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले गर्ने काम पार्टीको प्रमुख सचेतक र उनका निजी सचिवले गर्ने गरेको भन्दै विरोध जनाए ।

प्रदेशसभा सदस्य दिपेश थारुले प्रदेशसभामा एउटै विषय पटक/पटक उठाउँदा पनि समस्या समाधान नभएको प्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै कर्णाली नदीमा करोडौं खर्चेर पुल निर्माण भए पनि रुख कटानमा भएको ढिलाइले पुल उपयोगविहीन भएकोले तत्काल रुख कटान गर्ने व्यवस्था मिलाउन माग गरे । विशेष समयमै बोल्दै प्रदेशसभा सदस्य दिनेश पन्थीले प्रदेशमा परिकल्पना गरिएको व्यवस्थापिका र कार्यपालिकाबीच समन्वय हुन नसक्दा सन्तुलन नमिलेको भन्दै कार्यपालिका र व्यवस्थापिकाबीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिए ।

बजेट कार्यान्वयन हुन अझै एक महिनाभन्दा बढी समय बाँकी रहेको समयमा मूल्यवृद्धि भएको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्ने तर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए । बैठकमा प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गरे भने सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएर आएका विधेयकहरूको बारेमा जानकारी गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x