कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
काठमाडौं – भारतको बिहार राज्यस्थित मुजफ्फरपुरमा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) ज्वरोका कारण मर्ने बालबालिकाको संख्या ५४ पुगेको छ ।
श्रीकृष्ण मेडिकल कलेज यान्ड हस्पिटलमा मात्र ४६ बालबालिका बितिसकेका छन् । अनि केजरीवाल मातृ सदनमा आठ बालबालिकाको मृत्यु भएको छ ।
जनवरी महिनादेखि १७९ वटा एईएसको मामिला आएका छन् । यसक्रममा यी बालबालिकाको मृत्युमा लिच्ची कारण हो कि भन्ने प्रश्न पनि उठेको छ ।
मृत्युको कारण जाँच्नका लागि स्वास्थ्य विशेषज्ञहरूको सात सदस्यीय टोली केन्द्रबाट मुजफ्फरपुर पुगेको छ । स्वास्थ्य विभागका अधिकारीहरूले धेरेजसो मृत्यु हाइपोग्लाइसिमिया अर्थात् शरीरमा चिनीको कमीका कारण भएको बताएका छन् ।
चर्को गर्मी र पानी नपरेका कारण यो रोग लागेको बताइएको छ ।
पहिलेका केही रिपोर्टमा चाहिँ केही स्वास्थ्य विशेषज्ञले एईएसका कारण लिच्ची नै कारण रहेको बताएका थिए । मुजफ्फरपुर नजिक फलाइने लिच्चीमा विषालु तत्त्व भएकाले रोग लागेको र मृत्यु भएको बताइएको छ ।
गर्मीको बेलामा उक्त क्षेत्रमा गरीब परिवारका बालबालिकाले बिहानै लिच्ची खाने गरेका छन् । लिच्चीले बालबालिकामा घातक मेटाबोलिक रोग उत्पन्न गर्छ जसलाई हाइपोग्लाइसिमिया इन्सेफेलोप्याथी भनिन्छ । लिच्चीमा मिथाइल साइक्लोप्रोपाइल ग्लाइसिन नामक रसायन पनि हुन्छ ।
लामो समयसम्म भोको बस्दा अनि पोषणको कमी हुँदा शरीरमा चिनीको स्तर घट्छ र मस्तिष्क प्रभावित हुन्छ । बिहारका स्वास्थ्य अधिकारीहरूले बालबालिकालाई खाली पेट लिच्ची नखुवाउन र आधा पाकेको लिच्ची नखान आमाबुवालाई सल्लाह दिएका छन् ।
एजेन्सी
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...