कात्तिक २५, २०८०
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
काठमाडौं – अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरू भएको छ ।
प्रहरी प्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा ‘प्रदेश नम्बर ३, गण्डकी प्रदेश र प्रदेश ५ का प्रहरी र सरकारी वकिलको दोस्रो सम्मेलन शुरू भएको हो ।
कार्यक्रममा महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले गत वर्षको तुलनामा अपराध अनुसन्धानका क्षेत्रमा सरकारले ठूलो उपलब्धि हासिल गरेको बताए । ‘सरकारी मुद्दाको सफलता ७२.२८ प्रतिशत पुगेको छ, जो हालसम्मको उच्च हो,’ उनले भने ।
‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मूल नाराका साथ शुरू भएको प्रादेशिक सम्मेलनमा उनले प्रादेशिक सम्मेलनले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको समन्वय थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । अनुसन्धानलाई वैज्ञानिक र वस्तुगत प्रमाण बढाउनु जरुरी रहेको उनको भनाइ थियो ।
महान्यायाधीवक्ता खरेलले प्रतिवादीको पहिचान यकिन गर्न सहयोग पुग्ने आधिकारिक कागज प्रमाण बेगर नै अभियोग लगाउने अभ्यासले पटकपटक पहिचानको सम्बन्धमा प्रश्न उठ्ने गरेको बताउँदै दह्रो प्रमाण बनाएर मुद्दा दर्ता गर्न अनुसन्धानकर्ता तथा अभियोजनकर्तालाई आग्रह गरे ।
मुद्दाको अन्तिम फैसला नभएसम्म अनुसन्धानकर्ता र अभियोजनकर्ताको उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो ।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले नयाँ संविधान निर्माण भएसँगै फौजदारी र देवानी संहिता लागू भइसकेको अवस्थामा अनुसन्धानकर्ता र अभियोजनकर्ताबीच तालमेल मिलाएर अगाडि बढेमात्र अपराध अनुसन्धानले सफलता प्राप्त हुने बताए ।
उनले कतिपय प्रहरीले गरेका अनुसन्धान सरकारी वकिल समक्ष लैजाँदा प्रमाण नपुगेको अवस्था सिर्जना हुने गरेको बताउँदै आवश्यक प्रमाण पुर्याउन प्रहरीलाई आग्रहसमेत गरे । ‘प्रहरीबाट हुने अनुुसन्धानमा केही कमी कमजोरी भएका छन्, सम्मेलनले अनुसन्धानमा प्रहरी कहाँ चुकेको छ भन्नेबारेमा छलफल चलाउन जरुरी छ,’ उनले भने ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फौजदारी आचारसंहितालाई कार्यान्वयनमा ल्याउनु नेपाल प्रहरीको सबैभन्दा ठूलो उपलब्धि भएको बताए । ‘अपराध अनुसन्धानमा नेपाल प्रहरीले विगतको तुलनामा धेरै सफलता हासिल गरेको छ,’ उनले भने ।
उनले नेपाल प्रहरीको अपराध अनुसन्धानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय साइबर ब्यूरो, मानव बेचबिखन तथा अनुसन्धान ब्युरो र डाटा सेन्टर स्थापना गरेको जानकारी दिए । दक्ष जनशक्ति निर्माण गर्ने काममा नेपाल प्रहरी अगाडि बढिरहेको बताए ।
महानिरीक्षक खनालले ९५ प्रतिशतभन्दा बढी मुद्दा नेपाल प्रहरीले सफलतापूर्वक अनुसन्धान गरेको बताउँदै नागरिकलाई सेवा दिन नेपाल प्रहरी सधैं दृढ रहेको बताए । त्रिभुवन विश्वविद्यालय फरेन्सी शाखाका प्रमुख डा. हरिहर वस्तीले अपराध अनुसन्धानमा टिमवर्क आवश्यक रहेको बताए ।
प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायले सम्मेलनमा त्रिवर्षीय अपराध अनुसन्धानका बारेमा छलफल हुनुका साथै ४ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । २ दिनसम्म चल्ने सम्मेलनमा ३ प्रदेशको १ सय ३८ अभियोजनकर्ता तथा अनुसन्धानकर्ताको सहभागिता छ । कार्यक्रममा महान्यायाधिवक्ता कार्यालयबाट प्रकाशित ‘बाल न्याय स्रोत सामग्री’ पुस्तकको विमोचन गरिएको थियो ।
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...