पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपालगञ्जस्थित भारतीय सीमानाका जमुनाहबाट रु २० लाखसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, पक्राउ पर्नेमा भारतीय नागरिक कोमल गुप्ता र सोनु गुप्ता रहेका छन् । बरामद भएको रकम कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको भन्ने नखुलेको उहाँले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिनुभयो ।
यसैगरी बाँकेको कोहलपुरस्थित डुडुवानालामा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु भएको छ ।
शनिबार नालामा पौडी खेल्ने क्रममा कोहलपुरका २८ वर्षीय मुक्तिप्रसाद आचार्यको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार, कोहलपुर नगरपालिका–१२ चपरगौडीस्थित डुडुवा पुल नजिक पौडी खेल्ने क्रममा आचार्य बेपत्ता हुनुभएको थियो । डुबेलगत्तै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटे पनि जीवितै उद्धार गर्न नसकिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सिंहले जानकारी दिनुभयो ।
यो नालामा प्रत्येक वर्ष पौडी खेल्ने व्यक्तिको डुबेर मृत्यु हुँदै आएको छ । पानी कम भएका कारण नालाको माथिबाट पौडिन हामफाल्दा नालाको जमीनमा हिलोमा फसेर मान्छे डुब्ने गरेको स्थानीयवासी अगुवा सूर्य ढकालले बताउनुभयो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...