१६ वर्षमै बिहे गर्न पाउनुपर्ने माग, महिलाले घेरे प्रशासन !

बाँकेमा बालबिबाहविरुद्ध सरकारी तथा गैरसरकारी संस्थाहरु सचेतनामुलक अभियान सञ्चालनमा व्यस्त रहँदा मधेसी समूदायका केही महिला भने १६ वर्षमै बिबाह गर्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका छन् । 
बाँके जानकी गाउँपालिकाका रामदेश मिश्रको नेतृत्वका केही मधेसी महिलाले जिल्ला प्रशासन कार्यायलमा धर्ना दिएका हुन् । 
२० वर्ष पूरा गरेका छोराछोरीको बिहे गर्न खर्चले नधान्ने भएकाले कानुन नै संशोधन गर्न समेत माग गरिएको मिश्रको भनाई छ । 

मुलुकी अपराध संहिता २०७० मा २० वर्ष नपुगी बिबाह गर्न नपाइने व्यवस्था छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ । 
 


Advertisement

कमेन्ट गर्नुहोस्