एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं- एनआईसी एशिया बैंकले सिरहाको जिरोमाइलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

सोही क्रममा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ सेवा जेष्ठ ३१ गतेबाट सञ्चलानमा ल्याएको हो । 


Advertisement

बैंकले सञ्चालनमा ल्याएको यस शाखारहित बैंकिङ सेवाको उद्घाटन धनगढीमाइ नगरपालिकाका मेयर हरि नारायण चौधरीज्यूले गरे । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रूपमा भोगि लाल महतोलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयले आफ्नो स्थानीय तहमै प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयहरूलाई लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य भइ ग्रामीण र दुर्गम क्षेत्रहरूमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।


Advertisement

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरू, २८९ एटीएम, ४१ वटा एक्स्टेन्सन काउन्टर एवं ३२ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकका करीब १६ लाख ग्राहक छन् । 

कमेन्ट गर्नुहोस्