नेप्सेमा सामान्य सुधार

काठमाडौं- लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोबार मापक नेप्से परिसूचकमा सोमवार भने सामान्य सुधार देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भइ एक हजार २६०.९० अङ्कमा पुगेको छ ।


Advertisement

त्यस्तै ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ ले वृद्धि भइ २७०.२६ अङ्कमा पुगेको छ । परिसूचक सामान्य सुधार भए पनि कारोवार रकम भने घटेको छ । 

कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर ४० करोड ३५ लाख ३८ हजार १४७ रुपैयाँमा खरीद बिक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोबार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ । 


Advertisement

विकास बैंक २.७६, लघुवित्त ३.१९ र जीवन बीमा १८.८४ बिन्दुले घट्दा बैंकिङ १.७, होटल १२.८८, जलविद्युत् ८.८९, वित्त २.०६, निर्जीवन बीमा ३७.२७, उत्पादन २८.३२, अन्य २.२७ र सामूहिक लगानी कोष ०.०५ अङ्कले बढेको छ । 

कमेन्ट गर्नुहोस्