२६ जेठ २०८३, मंगलबार

प्रहरीद्वारा अवैध घरेलु मदिरा नियन्त्रण अभियान शुरू

प्रहरीद्वारा अवैध घरेलु मदिरा नियन्त्रण अभियान शुरू
सन्दर्भ तस्वीर

वीरगञ्ज- प्रहरीले अवैध रूपमा मदिरा उत्पादन र बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न अभियान शुरू गरेको छ । 

पर्साको ग्रामीण क्षेत्रमा मदिराका कारण घरेलु हिंसा बढ्दै गएपछि प्रहरीले सो अभियान शुरू गरेको हो । 

अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले पटेर्वा सुगौली–१ रङ्गपुर बजार एरियामा विभिन्न होटलमा छापामारी अवैध घरेलु मदिरा ११० लिटर नियन्त्रणमा लिई सो मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

सीमावर्ती भारतको विहार सरकारले मदिरा बन्द गरेपछि पर्साको ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिराले भारतमा राम्रो बजार पाएका छन् । राम्रो बजार पाएपछि यस भेगमा घरेलु मदिरा बनाउने भट्टीको सङ्ख्या बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि प्रहरीले अभियान नै सञ्चालन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्