×

NMB BANK
NIC ASIA

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ‘मनपरीतन्त्र’ ! विद्यार्थी आन्दोलित

असार ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशमा स्थापित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मनपरीतन्त्र देखिएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित अन्य १० वटा आंगिक क्याम्पसको प्रचारप्रसार गर्नुको साटो असार ३ गते आयोजित दौड प्रतियोगितामा निजी कलेजको नाम लेखेको टी–सर्ट वितरण गरिएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको मनपरी बढेको र निजी कलेजबाट कमिसन खाएको आरोप लगाउँदै विद्यार्थी आन्दोलित भएका छन् । विद्यार्थीले विश्वविद्यालयको वार्षिकोत्सव समारोह आयोजना गरिएको हलमा नै नाराबाजी गर्दै उपकूलपति डा. कोइरालाको राजीनामा समेत माग गरेका छन् ।


Advertisment
Nabil box
Kumari

उपकुलपति कोइरालाले विश्वविद्यालयलाई व्यापारिक थलो बनाएको नेपाल विद्यार्थी संगठनका केन्द्रीय सदस्य हरिप्रसाद शर्माले बताए । ‘उपकुलपतिले राजनीति गर्ने थलोका रुपमा विश्वविद्यालयलाई स्थापना गर्ने गरेको हामीले बुझेका छौं,’ उनले भने, ‘हामी शैक्षिक हबका रुपमा यसलाई विकास गरियोस् भन्ने चाहन्छौं र वार्षिकोत्सवमा हाम्रा मागहरू सम्बोधन गर्दै सम्मानजनक रुपमा सहभागी गराउन माग गरेका थियौं ।’ उनले विश्वविद्यालयको वार्षिकोत्सवमा विद्यार्थीलाई सहभागी हुन नदिएर अपमान गरेको आरोप लगाए । 

Vianet communication
Laxmi Bank

‘उपकूलपतिले विश्वविद्यालय मनपरी गरेकाले आन्दोलनमा उत्रिएका हौं,’ शर्मा भन्छन्, ‘विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रवेशमा रोक लगाइयोे । बाहिरका आसेपासेलाई बोलाएर वार्षिकोत्सव मनाएको छ यो सह्य हुँदैन । वार्षिकोत्सवमा विद्यार्थीलाई सहभागि हुन नदिएका कारण ठूलो क्षति हुनसक्छ । त्यसको जिम्मा उपकुलपतिले नै लिनुपर्छ ।’

नेकपा निकट अनेरास्ववियूका सुर्खेत जिल्ला कमिटी अध्यक्ष धुपेन्द्र शाहीले उपकूलपतिले आमरुपमा गल्ती स्वीकार नगरेसम्म आन्दोलन स्थगित नहुने बताए । ‘हामीले विश्वविद्यालयको गरिमामाथि आँच आउने काम नगर्न भिसी तथा विश्वविद्यालयलाई आग्रह गरेका थियौं तर पनि आग्रहलाई उहाँहरूले ठाडै अस्वीकार गर्नुभयो,’ उनले भने, ‘भीसीको दादागिरी र मनपरीतन्त्रविरुद्ध हामी विद्यार्थी संगठन आन्दोलनमा होमिएका हौं । भीसीले सार्वजनिक रुपमा नै माफी नमागेसम्म हाम्रो आन्दोलन फिर्ता हुने छैन ।’ अध्यक्ष शाहीले आफूहरूले विश्वविद्यालयले निजी कलेजको प्रचारको लागि ल्याएको टी–सर्ट जफत गरेको बताए । 

आन्दोलनका क्रममा पक्राउ गरिएका संयुक्त विद्यार्थी संगठनका १६ जना विद्यार्थीलाई प्रहरीले रिहा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x