पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
यही असार ४ गते जनताको चर्को दबाबमा ओली सरकारले गुठी प्राधिकरणसम्बन्धी विधेयक फिर्ता लिएको छ । आपूmले जे भन्यो, जे चाह्यो त्यही हुनुपर्ने जिद्दी र हठबाट ग्रसित ओली सरकार दुई कदम पछि सरेको छ र तत्काल जनतासँग मुठभेड नगर्ने रणनीति अख्तियार गरेको छ ।
विधयेक फिर्ता लिएपछि पनि नेवार समुदायको नेतृत्वमा काठमाडौं भएको विशाल जनप्रदर्शनले ओली सरकारलाई थप दबाब सृजना गरेको छ । यस्तो जनदबाबपछि पनि प्रधानमन्त्री ओली र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अभिव्यक्तिमा प्रकट आक्रोशबाट परिस्थिति सेलाएपछि पुनः विधयेकलाई अघि बढाउने सम्भावना पर्याप्त छ । जनतालाई भड्काउन गलत तत्वले खेलेको, भ्रम सृजना गर्न र वातावरण बिथोल्न खोजेको भन्ने प्रधानमन्त्री ओली र मन्त्री अर्यालका भनाइबाट पनि यही संकेत मिल्दछ ।
ओली सरकारले गुठी मास्नका लागि ल्याएको विधयेकविरुद्ध उपत्यकामा नेवार समुदायले शुरू गरेको अभियानले गुठीको संरक्षणका लागि आमजनतालाई प्रेरित गरेको छ । यो विषय देशव्यापीरूपमा जंगलको आगो झैँ फैलिँदै गएको छ । गुठी मुलुकको मौलिक धर्म, संस्कृति, सभ्यता र परम्परालाई जीवन्त राख्ने व्यवस्था हो । लिच्छवीकालमा शुरू भएको गुठी व्यवस्था मल्लकालमा उत्कर्षमा पुगेको पाइन्छ । काठमाडौं उपत्यकाका नेवार समुदायको जन्मदेखि मृत्युपर्यन्त गुठीको प्रभाव र भूमिका उदाहरणीय छ । धार्मिक र सांस्कृतिक भावनाबाट उत्प्रेरित भई व्यक्ति वा समुदायले राखेका गुठी नेवार समुदायको सामाजिक जीवनका मूल आधार हुन् । गुठी मासिँदा/नासिँदा नेवार समुदायको धर्म, संस्कृति नै धारासायी हुने स्थिति छ । यो गुठी विधेयकले नेवार समुदायको मूलमर्म स्थलमा नै प्रहार गरेकोले उनीहरू अति आक्रोशित भई सडकमा आएका हुन् ।
गुठी मासिँदा त्यसको प्रत्यक्ष नकारात्मक असर उपत्यका र नेवार समुदायमा मात्र पर्दैन्, सम्पूर्ण क्षेत्र र सम्पूर्ण समुदायमा पर्दछ । समुदायका लागि मात्र होइन राष्ट्रिय मौलिक धर्म, संस्कृति, सभ्यता र परम्परालाई निरन्तरता दिन गुठीले अहम् भूमिका निभाउँदै आएको छ । यसरी मूल्याङ्कन गर्दा गुठी नेपालको मौलिक परिचय दिने विषय हो भन्दा अतियुक्ति हुँदैन । केही दशक यता गुठी मासिने क्रमले तीव्रता पाएको छ । यसबाट पुराना मठ, मन्दिर, देवस्थल, धर्मशाला, पाटी, पौवा, इनार, पोखरी, तलाउ, घाट र चौताराहरू लोप हुँदैछन् भने गुठी राख्ने परम्पराले निरन्तरता नपाउँदा नयाँ गुठी बन्ने सम्भावना घट्दै गएको छ । जे जति गुठी बचेका छन् तीे काठमाडौं उपत्यकाको नेवार समुदायमा मात्र सीमित हुँदैछन् । गुठी मास्ने क्रम कहिले र कसरी शुरू भयो, अहिले कुन अवस्थामा छ, ओली सरकारले ल्याएको यो गुठी विधेयकको अन्तर्य के हो ? यस विषयमा खोजबिन गर्नु आवश्यक भएको छ ।
नेपाली कानूनहरूलाई एकिकरण र आधुनिकरण गर्ने क्रममा २०२० सालमा मुलुकी ऐन लागू भयो । विगतमा भएका गुठी सम्बन्धी व्यवस्थालाई पनि परिमार्जित र एकीकरण गरी यो ऐनमा गुठीको महलको व्यवस्था गरिएको थियो । सार्वजनिक, धार्मिक, सांस्कृतिक र सामुदायिक हितका लागि गुठी राख्न पाउने व्यवस्था यो ऐनको विशेषता थियो । सार्वजनिक हितको लागि गुठी स्थापना गर्न सरकारले सरकारी जग्गा दिने यस कानूनमा रहेको व्यवस्थाले गुठीप्रतिको राज्यको दायित्वलाई इंगित गर्दछ । गुठीयार तोकी गुठीको लागि दिइएको जग्गा गुठीयारले र उसका सन्तानले धर्म लोप नगरेसम्म सञ्चालन गर्न पाउने यो ऐनमा रहेको व्यवस्थाबाट राज्यले निजी गुठीमा हस्तक्षेप नगर्ने नीति अवलम्बन गरेको पाइन्छ । गुठीयारले धर्म लोप गर्न नहुने र गुठी दान गर्ने र उसका हकदारले पनि गुठीयारको हकमा हस्तक्षेप गर्न नपाउने यो कानूनमा व्यवस्था रहेको थियो ।
गुठी व्यवस्थालाई अझ प्रभावकारी र व्यवस्थित बनाउन गुठी संस्थान ऐन, २०२१ जारी भयो । राज गुठीको संरक्षण र सम्वर्द्धन गर्नका लागि बनाएको यो ऐनमा निजी गुठीलाई समेटिएको थिएन । निजी गुठीको हकमा मुलुकी ऐन गुठीको महल नै आकर्षित हुन्थ्यो । यस पछि गुठी संस्थान ऐन २०२९ लागु भयो । यो ऐनमा पनि राजगुठीलाई मात्र व्यवस्थित गर्ने प्रावधानहरू रहेका थिए । निजी गुठीलाई यो ऐनमा पनि राखिएको थिएन । गुठी ऐनहरूलाई परिस्कृत गरी जारी भएको विस्तृत कानून गुठी संस्थान ऐन, २०३३ हो । अद्यावधि यो ऐन प्रचलनमा नै रहेको छ । यो ऐनले राजगुठीको बन्दोबस्त र सञ्चालन गर्ने अधिकार गुठी संस्थानलाई प्रदान गरेपनि बन्दोबस्त र सञ्चालन दानपत्र, लिखत र परम्परा बमोजिम गर्नुपर्ने सीमा तोकेको छ । निजी गुठीका दाता वा अधिकांश गुठीयारले गुठी संस्थानबाट बन्दोवस्त र सञ्चालन गर्न अनुरोध गरेमा वा गुठीयारले धर्म लोप गरेको अवस्थामा मात्र गुठी संस्थानले निजी गुठीको हक दायित्व लिन सक्ने व्यवस्था यो कानूनमा छ । यो कानूनले संस्थानलाई निजी गुठीमा विशेष परिस्थितिमा बाहेक हस्तक्षेप गर्न नपाउने गरी रोक लगाएको छ ।
गुठीको रक्षकको रूपमा रहेको गुठी संस्थानलाई भक्षक २०४१ सालमा बनाइयो । २०४१ सालमा यो ऐनमा गरिएको संशोधनले मोहीले केही तोकिएको न्यूनतम् रकम संस्थानमा बुझाएमा गुठी जग्गा मोहीकै नाममा जग्गा दर्ता दिने व्यवस्था गरेको थियो । यो संशोधनका आधारमा गुठीका धेरै जग्गा जमिन मासिएर र निजीकरण गरिए । यसबाट राष्ट्रिय सम्पत्तिमा अपुरणीय क्षति भयो भने भ्रष्ट नेता–कार्यकर्ता, प्रशासक र भू–माफियाहरू अस्वभाविक रूपमा लाभान्वित भए । २०४६ सालको परिवर्तनपछि सार्वजनिक सम्पत्ति हरण र निजीकरण गर्ने लहर नै चल्यो । यस क्रममा भू–माफियाको अनुचित प्रभावमा राजगुठी अन्तर्गतको गुठी तैनाथी जग्गा दुरूपयोग र मास्न २०४९ सालमा यो ऐनलाई दोस्रो संशोधन गरियो, जुन ऐनको दफा २५ मा गुठी संस्थानले बिक्री गरी रैतानी नम्बरमा परिणत गर्न पाउने र २०४६ साल चैत्र २६ गतेभन्दा पहिले गुठी तैनाथी जग्गामा घर बनाउनेलाई बिक्री गर्न पाउने व्यवस्था राखियो । गुठी मास्ने कार्यलाई यो संशोधनले वैधानिकता प्रदान गर्यो । यही कानूनी व्यवस्थाका आधारमा पार्टीका भ्रष्ट नेता–कार्यकर्ता, गुठीका कर्मचारी र भू–माफिया मिलेर कौडीको मूल्यमा राजगुठी जग्गा बिक्री गरी गुठी मास्ने निन्दनीय कार्य गरेका थिए । कानून निर्माण गरी गरिएको यो गम्भीर प्रकृतिको नितीगत भ्रष्टाचार थियो ।
दर्तावाल मोहीले जिन्सी बुझाउनुपर्ने गुठी अधिनस्थ जग्गामा दर्तावाला र खास मोही रहेको अवस्था थियो । जमिन नकमाउने तर गुठी संस्थान र खास जोताहा मोहीको बीचमा रही अनुचित लाभ लिने दर्तावाला मोहीको अधिकार समाप्त गर्ने प्रगतिशील प्रावधान यो ऐनमा राखिएको थियो । तर खास जोताहा मोहीलाई रैकर जग्गासरह मात्र मोहियानी हक दिने व्यवस्था हुनुपर्नेमा यो ऐनमा मोहीलाई सम्पूर्ण जग्गा दिने व्यवस्था राखियो । यस्ता गुठी जग्गाको न्यूनतम् मूल्य लिई मोहीका नाममा दर्ता गरी दिने व्यवस्थाबाट गुठीको सम्पत्ति हिनामिना र दुरूपयोग भयो । रैकर जग्गा जस्तै आधासम्म जग्गा मोहीलाई दिने बाँकी जग्गा गुठीमै राख्ने व्यवस्था गरिएको भए मोहीको हितको संरक्षण पनि हुने गुठी पनि नमासिने सन्तुलित अवस्था हुन्थ्यो । तर भ्रष्ट नेता–कार्यकर्ता, गुठी प्रशासक र भू–माफियाको मिलोमलोमा गुठी मास्ने र धर्म लोप गर्ने निन्दनीय कार्य भयो ।
राजगुठी राज्यको सार्वजनिक सम्पति हो । यसकोे हिनामिना गर्नु गम्भीर प्रकृतिको सामाजिक, सांस्कृतिक र धार्मिक अपराध हो । गुठी संस्थान राजगुठीको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यको साथ खडा गरिएकोमा तर भ–माफियाको चङगुलमा फस्दा यो संस्थान गुठी मास्ने, धर्म लोप गर्ने निकायको रूपमा स्थापित भयो । यो संस्थान अहिले भ्रष्ट संस्थानको रूपमा स्थापित छ । बेचेको राज गुठी (राज्यको सार्वजनिक) सम्पति कसरी संरक्षण गर्ने भन्ने प्रश्न उठिरहेका बेला गुठी संस्थानलाई विस्थापित गरी गुठी प्राधिकरण खडा गर्नका लागि यो विधेयक ओली सरकारले ल्याएको छ ।
यो विधेयकले राजगुठीको जग्गा मोहीलाई दिन र बाँकी आधा पनि न्यूनतम् मूल्यको पनि २५ प्रतिशत मूल्यमा मात्र मोहीलाई नै दिने व्यवस्था गरेको छ । राजगुठीको सम्पत्तिमा भू माफियाहरूले कब्जा गरी घर निर्माण गरेकामा त्यस्ताबाट न्यूनतम् रकम लिई जग्गा दिने व्यवस्था यो विधेयकमा छ । यो विधेयकले दुई वा दुईभन्दा बढी व्यक्तिहरूको संलग्नता र सहयोगमा सञ्चालन समुदायिक निजी गुठीहरूलाई यो विधेयकले सार्वजनिक नामाकरण मात्र गरेको छैन्, त्यस्ता गुठीमा रहेको गुठियारको हक समाप्त गर्ने व्यवस्था पनि यो विधेयकमा छ । यसबाट काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका अधिकांश सामुदायिक निजी गुठीहरूको अस्तित्व मेटिने छ ।
यो विधेयकको मुख्य उद्देश्य राज गुठी मासेर अनुचित रूपमा व्यक्तिलाई लभान्वित गराउने, समुदायले सञ्चालन गर्दै आएका सामुदायिक निजी गुठीहरूलाई सार्वजनिक गुठी नामाकरण गरेर राजगुठी बनाएर व्यक्तिलाई दिने रहेको देखिन्छ । यसबाट राजगुठीको मात्र होइन, सामुदायिक निजी गुठीको अस्तित्व पनि समाप्त हुनेछ । राजगुठी मासिँदै जाँदा मुलुकको मौलिक धर्म, संस्कृति र परम्परा अभूतपूर्व रूपमा जोखिममा पर्दै गएको छ । निजी गुठीलाई सामुदायिक गुठी नामाकरण गरी यसरी नै मास्दा केही वर्षभित्र गुठी व्यवस्था र परम्परा नै लोप हुने निश्चित छ । यसरी गुठी मास्न सरकार किन टाउको टेकेर लागि परेको छ, यसको पछाडि कुन–कुन अवाञ्छित तत्वहरू छन् ? यसको पर्दाफास गर्न सकिए मात्र गुठीको संरक्षण र सम्वर्द्धन गर्न सकिन्छ ।
गुठी मास्ने षड्यन्त्रमा हिजो पनि भू–माफियाहरूको हात थियो भने आज पनि उनीहरूको नै स्वार्थ रहेको सहज रूपमा बुझिन्छ । गुठी मासेर अकुत सम्पत्ति भ्रष्ट नेता–कार्यकर्ता, प्रशासक र भू–माफियाले आर्जन गरेको सर्वविदितै छ । सम्पूर्ण गुठी समाप्त गरेर अथाह सम्पत्ति आर्जन गर्ने उद्देश्यका साथ यो गुठी विधेयक आएको प्रतित हुन्छ । त्यसमा पनि नेपालको मौलिक धर्म, संस्कृति, सभ्यता र परम्परा मासेर क्रिश्चियानिटी फैलाउने विदेशी शक्तिहरू पनि यो विधेयकको पछाडि रहेको देखिँदै छ । होली वाइनको दलदलमा फस्दै गएको ओली सरकारका अभिव्यक्ति र व्यवहारले पनि यही कुराको संकेत गर्दछ । राष्ट्रको मौलिक धर्म, संस्कृति, सभ्यता र परम्परालाई जीवन्त राख्ने गुठी व्यवस्थालाई बचाउन सबै जनता जागरुक मात्र होइन, आन्दोलित हुन आवश्यक छ ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...