काठमाडौं – चीनको हुनान प्रान्तमा रहेको चाङ्शामा एक महिला कर्मचारीले आफ्नो हाकिमलाई इमोजी पठाउँदा जागिर गुमाउनुपरेको छ ।
महिलाले हाकिमलाई मेसेजिङ याप वीच्याटमा सन्देशसँगै इमोजी पठाइन् ।
कम्पनीको नियमअनुसार, कर्मचारीले रोजर लेखेर पूरा सन्देश लेख्नुपर्ने हुन्छ । तर महिलाले त्यससँगै इमोजी पनि पठाइन् । कम्पनीको नियम अनुसरण नगरेको आरोपमा महिलाले राजीनामा दिइन् ।
हाकिमले महिलालाई सन्देश पठाउनु थियो भने टेक्स्ट पो पठाउनुपर्छ, इमोजी पठाएर हुन्छ र भने । कम्पनीको नियम थाहा छैन भने ।
त्यसपछि एचआर डिपार्टमेन्टकहाँ हाकिमले पठाए र त्यहाँ उनको हरहिसाब गरेर राजीनामा थमाइयो । हाकिमको व्यवहार सही नभएको भनी टिप्पणी आइरहेका छन् ।
एजेन्सी
लोकान्तर संवाददाता