२६ जेठ २०८३, मंगलबार

५ हजारवटा कछुवा तस्करी गर्ने दुईजना पक्राउ, लागूऔषध तस्कर पनि पक्राउ

५ हजारवटा कछुवा तस्करी गर्ने दुईजना पक्राउ, लागूऔषध तस्कर पनि पक्राउ

काठमाडौं – पाँच हजारभन्दा बढी कछुवा र लगभग १४ किलो लागूऔषध सहित चारजना भारतीयहरूलाई मलेसियाका अधिकारीहरूले पक्राउ गरेका छन् । उनीहरूलाई बुधवार क्वालालम्पुर विमानस्थलमा पक्राउ गरिएको हो । 

वरिष्ठ भन्सार अधिकृत जुलकुरनैन मोहम्मद युसोफले बताएअनुसार, चीनको ग्वाङ्चोबाट एयर एसियाको उडानमा आएका दुई भारतीयको लगेजमा रहेका दुई साना बास्केटमा ५ हजार २ सय ५५ वटा साना कछुवा थिए । 

ती व्यक्तिहरूसँग कछुवाका लागि अनुमति थिएन र उनीहरूले १२ हजार ७०० डलर पर्ने ती कछुवालाई भारतमा घरेलु जनावरका रूपमा बेच्न खोजेको बताए । 

ती व्यक्तिहरूलाई अभियोजन गर्ने सम्भावना छ र उनीहरूले पाँच वर्ष कारावास सजाय भोग्नुपर्ने र जरिवाना तिर्नुपर्ने सम्भावना रहेको उनले बताए । 

रातो कान भएका कछुवाहरूको खुबै व्यापार हुने गरेको छ । घरमा पाल्नका लागि र मासु खानका लागि यी कछुवाको तस्करी हुने गरेको छ । साना कछुवाले स्वास्थ्य समस्या ल्याउने भएकाले तिनको कारोबार गर्दा अनुमतिपत्र लिनुपर्छ । 

अर्को घटनामा चाहिँ दुई अन्य भारतीयहरूबाट लगभग १४ किलो मेथ नामक लागूऔषध बरामद गरिएको छ । त्यसको मूल्य एक लाख ७४ हजार डलर पर्छ । हाते झोलाभित्र विशेष खोपी बनाएर उनीहरूले लागूऔषध बोकेका थिए । 

यी दुवै व्यक्ति ३० वर्षका छन् र उनीहरू लागूऔषध भरिया भएको विश्वास गरिएको छ । उनीहरूमाथि अभियोजन हुन सक्ने र दोषी ठहर भएमा मृत्युदण्ड दिइन सक्ने बताइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्