रिलायन्स लाइफ इन्सुरेन्सको २४ घण्टे सम्पर्क सेवा केन्द्र सञ्चालनमा

काठमाडौं– रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले जीवन विमाको बारेमा २४सै घण्टा जनचेतना अभिवृद्धि गर्ने भन्दै सम्पर्क सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । बुधवार एक कार्यक्रमका बीच उक्त सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो । सम्पर्क केन्द्र सञ्चालनमा आएसँगै सेवाग्राहीले सातै दिन २४सै घण्टा नागरिकले जीवन बीमा र कम्पनीको योजनाको बारेमा परामर्श लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
सम्पर्क केन्द्रको उद्घाटन विमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीका अध्यक्ष ताराचन्द केडियाले उद्घाटन गरे ।
नेपालको जीवन विमा इतिहासमै पहिलो पटक आफुले सम्पर्क सेवा केन्द्र सुचारु गरेको दावी कम्पनीले गरेको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्