२६ जेठ २०८३, मंगलबार

जीप दुर्घटनामा १ जनाको मृत्यु

जीप दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

बागलुङ – जिल्लाको बरेङमा शनिवार बिहान यात्रुबाहक जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध१ज ४९१ नम्बरको जीप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँ बजारकी ७५ वर्षीया विष्णुमाया खत्रीको मृत्यु भएको हो । 

रोकी राखेको जीप अचानक गुडेर पल्टिँदा खत्रीको मृत्यु भएको र अर्का १ जना घाइते भएका प्रहरीले जनाएको छ । गाडी सुदला चोकमा रोकेर राखेर चालक हीरा काउचा यात्रु बोलाउन बेला गाडी गुडेर पल्टेको थियो । 

मृत्तक खत्रीले जीपबाट हामफाल्दा छातीमा चोट लागेको र उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीचौकी बरेङ डाँडाले जनाएको छ । दुर्घटनामा हुग्दिशिर बाझाडीकी डेढ वर्षीया टेरिसा परियार घाइते भएकी छिन् । उनलाई उपचारको लागि पाल्पा पठाइएको छ । जीपमा ४ जना यात्रु सवार थिए ।

salt training

कमेन्ट गर्नुहोस्