काठमाडौं- पण्डित दीनबन्धु पोखरेललाई अमेरिकाले मानार्थ नागरिकता प्रदान गरेको छ ।
हाल अमेरिकामा रहेका उनलाई भर्जिनियास्थित टाउन अफ हर्नडन र हर्नडन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो ।
नेपाली समूदायप्रति पुर्याएको योगदान तथा विश्व समूदायमा शान्ति, आध्यात्मिकता र मानवताको सन्देश प्रवाह गरेबापत उनलाई अमेरिकामा मानार्थ नागरिकता प्रदान गरिएको बताइएको छ ।
यसैबीच पण्डित पोखरेलले अमेरिकी सरकारले प्रदान गरेको यो मानार्थ नागरिकता सबै नेपालीको लागि गौरवको विषय भएको बताएका छन् ।