२६ जेठ २०८३, मंगलबार

सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा चारको मृत्यु

सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा चारको मृत्यु

मोरङ–मोरङको सुनवर्सी नगरपालिका–९ डायनियास्थित मुस्लिम बस्तीमा रहेको मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा आज बेलुका चार मजदुरको मृत्यु भएको छ ।

   निर्माणाधीन सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा उनीहरु बेहोस भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सुनवर्सी नगरपालिका–९ बस्ने २० वर्षीय मोहमद फिरोज आलम, सोही ठाउँका २५ वर्षीय सहनवाद आलम, ४५ वर्षीय कपिल आलम र २२ वर्षीय मोहमद ओसिब आलम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । 

अक्सिजनको कमीको कारण बेहोस भएको अवस्थामा फेला परेका उनीहरुलाई तत्काल त्यहाँबाट निकालेर उपचारका लागि विराटनगर लगिएको थियो । 

सोही स्थान बस्ने ४० वर्षीय दाउत मियाँको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ ।  घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्