×

NMB BANK
NIC ASIA

काठमाडौं- स्वर्गीय मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा शनिवार आयोजित कार्यक्रममा सँगै देखिएका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओली दुवैले पार्टीभित्र आफूहरूबीच कुनै मतभेद नरहेको देखाउन भरपूर प्रयास गरे । 

Muktinath Bank

मञ्चमा ओलीभन्दा पहिला झुल्किएका प्रचण्ड र ५ मिनेटपछि देब्रेतिरको कुनाबाट प्रवेश गरेका ओलीले दह्रोसँग हात मिलाए । दुवैको भाव-भंगीमा स्पष्ट र हँसिलो देखिन्थ्यो । जतिसुकै सहज र सरल बन्ने प्रयास गरेपनि ओली र प्रचण्डबीच सरकार र पार्टी सञ्चालनमा देखिएको मतभिन्नता छोपिन भने सकेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब ३ घण्टा लामो कार्यक्रममा ओली र प्रचण्डले मुश्किलले एकाध पटक मुखामुख गरे भने एकपटक पनि कानेखुसी गरेनन् । प्रचण्ड बोल्दा ओली उत्साहित देखिएनन् भने ओलीले सम्बोधन गर्दा प्रचण्डको अनुहारले कुनै प्रतिक्रियाजन्य हाउभाउ प्रस्तुत गर्न सकेन । भाषणका क्रममा प्रचण्डले मदन भण्डारीको व्यक्तित्वलाई 'पालिस' लगाउन कुनै कसर बाँकी छोडेनन् भने ओलीले सरकारको बचाउमा कुनै शब्द बाँकी राखेनन् । 


Advertisment
Nabil box
Kumari

समग्रमा हेर्दा पार्टीका दुवै अध्यक्षबीच 'भाइचाराको सम्बन्ध' नभई 'सैद्धान्तिक समझदारीको सम्बन्ध' रहेको शनिवारको उक्त कार्यक्रमले पुष्टि गरेको छ । शब्दमा हार्दिकता देखिएको अध्यक्षद्वयको सम्बन्ध तितोपनाबाटै गुज्रिएको देखिन्छ अर्थात् 'लुकिङ लण्डन, टकिङ  टोकियो !'

Vianet communication
Laxmi Bank

ओलीको सरकार सञ्चालनमा मात्र नभई पार्टी सञ्चालनको कार्यशैलीमाथि प्रचण्डले बारम्बार नकारात्मक टिप्पणी गर्दै आइरहेका छन् । पछिल्लो समयमा पार्टीभित्र पार्टीको निर्देशक सिद्धान्त के हुने भन्ने विषयमा विवाद सृजना भएको देखिन्छ । 

पार्टी एकताताका तत्कालीन एमालेको निर्देशक सिद्धान्त 'जनताको बहुदलीय जनवाद (जबज)' र तत्कालीन माओवादीको 'एक्काइसौं शताब्दीको जनवाद'लाई खुला छलफलमा लैजाने तर तत्काललाई पार्टीको निर्देशक कार्यक्रमका रूपमा 'जनताको जनवाद'लाई उल्लेख गर्ने सहमति भएपनि पछिल्लो समयमा प्रधानमन्त्री ओलीकै निर्देशनमा नेकपाका केही नेताहरूले जबजलाई बोक्न थालेको प्रचण्डको बुझाइ रहेको छ । 

तर सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अहिलेको कार्यक्रम जनताको जनवाद नै रहेको भनेपछि प्रचण्डको अनुहारमा मिठो खुशी छायो । 'जनताको बहुदलीय जनवादका विशेषताहरूमा फरक परेको छैन,' ओलीले भने, 'तीनै विशेषता हुन्, ती विशेषताभन्दा पर जान सकिँदैन तर अहिले कार्यक्रमको नाम 'जनताको जनवाद' राखेका छौं र त्यसैबाट हामी अगाडि बढ्छौं ।'

नेकपाको राजनीतिक प्रतिवेदनको टुंगो अझै लागिसकेको छैन । एक वर्षअघि नै लेखिएको उक्त प्रतिवेदनलाई अध्यक्षद्वयको छलफलपछि सामान्य परिमार्जन गरेर प्रकाशित गर्ने भनिएको छ तर पार्टीभित्रको आन्तरिक विवादका कारण प्रकाशन हुन सकेको छैन । 

एक वर्षअघि लेखिएको प्रतिवेदनमा पार्टीको कार्यक्रमका रूपमा 'जनताको जनवाद' उल्लेख छ । पूर्वमाओवादी पक्षीय नेताहरूले त्यसलाई उल्ट्याएर जबजलाई नै उल्लेख गर्ने षड्यन्त्र भएको आरोप लगाएका छन् । यद्यपि प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा पार्टीको कार्यक्रम जनताको जनवाद नै हुने बताएपछि त्यसले प्रचण्डलगायत पूर्वमाओवादी पक्षीय नेताहरूलाई तत्कालका लागि राहत दिएको छ । 

प्रचण्ड हाबी !

जनताको बहुदलीय जनवादलाई लिएर जनतामाझ जाने उद्घोष गरेका रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलप्रति प्रचण्ड सशंकित देखिन्थे । ओलीले ईश्वर पोखरेललाई जबजको बहस ब्युँताउन निर्देशन दिएको बुझाइ प्रचण्डमा थियो । पूर्वएमालेको निर्देशक सिद्धान्तलाई नयाँ पार्टीको कार्यक्रमका रूपमा हुबहु लैजान कठिन देखेका ओलीले अन्तिममा आएर जनताको जनवाद नै पार्टीको कार्यक्रम हुने उद्घोष त गरे त्यसका साथसाथै उक्त कार्यक्रमले जबजकै विशेषता बोकेको जिकिर गरे । 

यसले तत्कालका लागि नेकपामा निर्देशक सिद्धान्तको बहसलाई स्थगित गरिदिएको छ । कतिपयले यसलाई प्रचण्डको जीतका रूपमा उल्लेख गर्ने गरेका छन् । 

तर नेकपाका स्थायी समिति सदस्य अमृत बोहोराले यसलाई कसैको जीत-हारको रूपमा व्याख्या गर्न नहुने तर्क गर्छन् । पार्टी एकता हुँदा दुवै पार्टीका छुट्टाछुट्टै निर्देशक सिद्धान्तलाई खुला बहसमा लैजाने गरी जनताको जनवादलाई नयाँ पार्टीको कार्यक्रम बनाउने सहमति भएको र त्यसलाई पालना गर्नुको विकल्प नरहेको बोहोराको तर्क छ । 

आइतवार लोकान्तरसँग कुरा गर्दै बोहोराले भने, 'महाधिवेशन हुनुभन्दा ५ महिनाअघि खुला छलफलमा लैजाने गरी जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादको बहस तत्काल स्थगित गर्ने सहमति भएको हो । हामीले त्यही सहमतिलाई पालना गर्नुपर्ने हुन्छ । कार्यक्रमको बहस विधि र प्रक्रियाभन्दा बाहिर लगेर एकताको महत्त्वलाई कम गर्ने प्रयास कसैले गर्नुहुँदैन ।' 

जनताको जनवादले जबजकै विशेषताहरू बोकेको बोहोराको जिकिर छ । 'पार्टीको नयाँ कार्यक्रमले पुराना कार्यक्रमका विशेषताहरू बोक्नै नहुने भन्ने हुँदैन,' बोहोराले भने, 'जनताको जनवादले एक्काइसौं शताब्दीको जनवादको पनि केही विशेषता बोकेको छ । यसलाई कुनै विवादको विषय बनाउनु जरुरी छैन ।' 

राजनीतिक प्रतिवेदन कहिले प्रकाशन होला ?

लामो समयसम्म प्रकाशित हुन नसकेको नेकपाको राजनीतिक प्रतिवेदनमा कार्यक्रमको विवादमात्र नभएर अन्य विवादहरू पनि छन् । प्रकाशित हुन नसकेको राजनीतिक प्रतिवेदनमा तत्कालीन एमालेको शान्तिपूर्ण आन्दोलन र तत्कालीन माओवादीको सशस्त्र संघर्ष दुवैको संयुक्त प्रयासले लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उल्लेख गरिएको छ ।

तत्कालीन माओवादीले गरेको सशस्त्र संघर्षलाई 'आतंकवाद' ठान्ने तत्कालीन एमालेका कतिपय नेताहरू जनयुद्धप्रति सकारात्मक देखिँदैनन् । 

प्रतिवेदनमा सामन्तवादको मूलतः अन्त्य भई नेपाली समाज पूँजीवादमा प्रवेश गरेको र पूँजीवादी जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको उल्लेख गरिएको छ । यसमा पनि विवाद छ । यी लगायत राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएका कतिपय विषयहरूमा विवाद देखिएको छ । 

प्रचण्डनिकट एक नेता भन्छन्, 'राजनीतिक प्रतिवेदन सहमतिको दस्तावेज हो । त्यसलाई पुनर्लेखन गर्ने बहानामा तत्कालीन एमालेका केही नेताहरूले आउटडेटेड भइसकेका विषयहरू प्रवेश गराउने खतरा देखिएको छ । हामीलाई त्यो मान्य हुनेछैन ।' 

दस्तावेज पुनर्लेखन गर्न नहुने पक्षमा स्वयं वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि अडिग देखिन्छन् । गत असार ७ गतेको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पुनर्लेखन गरेर जनताको बहुदलीय जनवादलाई नै निर्देशक सिद्धान्त बनाउनुपर्ने प्रधानमन्त्री ओलीले प्रस्ताव गरेपछि ओलीइतरका नेताहरूले उनको प्रस्ताव अस्वीकार गरेका थिए ।

एक हप्तामै प्रधानमन्त्री ओलीले पार्टीको तत्कालीन कार्यक्रम जनताको जनवाद नै हुने बताएपछि विवाद मिल्ने ठानिएको छ । ओली निकट मानिने नेता बोहोराले पनि अब छिट्टै राजनीतिक प्रतिवेदन प्रकाशित हुने आशा व्यक्त गरेका छन् । यससँगै सिद्धान्तमाथिको गरमागरम बहस टुंगिएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x