'प्रेमगीत ३'की अभिनेत्री क्रिष्टिना [फोटोफिचर]

काठमाडौं- प्रतिक्षित फिल्म 'प्रेमगीत ३'मा अभिनेत्रीको रूपमा क्रिष्टिना गुरुङ भित्रिएकी छन् । 

आइतवार निर्माता सन्तोष सेनले अडिसनमार्फत फिल्ममा क्रिष्टिनालाई अनबन्ध गराएको जानकारी दिए । 


Advertisement

उनी अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी थिइन् । 

आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा आगामी बन्ने चलचित्रमा अब प्रदिपको अपोजिटमा क्रिष्टिना गुरुङले अभिनय गर्नेछिन् । 


Advertisement

यसबारे सन्तोष सेनले स्टाटस लेखेका थिए, 'अभिनेत्रीको रूपमा  लामो समयको पर्खाइ पश्चात आज सबै चलचित्रप्रेमीहरूको कौतुहलता मेटिएको छ। सबैले आफ्नो मनमा अड्कल गरेर बनाएको गीतको आकृतिमा एउटा नाम जोडिन पुगेको छ । त्यो नाम हो .... क्रिष्टिना गुरुङ्ग ।'

  

तस्वीर : क्रिष्टिनाको फेसबूकबाट 

कमेन्ट गर्नुहोस्