इन्डियन आइडलबाट अनु मलिक सधैंका लागि आउट !

काठमाडौं – अघिल्लो वर्ष बलिउड संगीतकार अनु मलिकमाथि मीटू अभियानअन्तर्गत यौन शोषणको आरोप लागेको थियो । 

आरोपपछि मलिकलाई रियालिटी शो इन्डियन आइडलबाट निकालिएको थियो । तर सीजन ११ मा फेरि अनु मलिकलाई लिने हो कि भनी चर्चा चलेको थियो । त्यो खबर आएपछि निकै हल्लाखल्ला भएको थियो । 


Advertisement

तर अब सोनी च्यानलले अनुलाई पूरै निकालेको सूत्रहरूले बताएका छन् । 

यस विषयमा अनु मलिकलाई प्रश्न गर्दा उनले भने, ‘यस विषयमा टिप्पणी गर्न सक्दिनँ । इनिडयन आइडलको निर्णायक बन्ने विषयमा कुनै प्रगति भएको छैन । भएको दिन म आफैं घोषणा गर्छु । म अहिले आफ्ना सांगीतिक काममा व्यस्त छु । त्यसैले म धेरै कुराकानी गर्न सक्दिनँ ।’


Advertisement

एजेन्सी

कमेन्ट गर्नुहोस्